Thursday, January 5, 2012

काठमाडौंको शहिद गेट र त्रिभूवनको शालिक


नारायण खड्का /पुस २२ /हाल काठमाडौं
काठमाडौँको मुटुमा शहीदको सम्मानमा निर्माण गरिएको शहिद गेट छ । जो बिक्रम सम्बत २०१८ सालमा तत्कालिन राजा महेन्द्रको पालामा निर्माण गरिएको थियो । तर कुटिल महेन्द्र र उनका केहि भरौटेहरुको चालबाजिले त्यहि शहिद गेट जहां जांदा नै आम नेपालीको आस्थाले शिर झुक्छ र त्यंहि शहिद गेट र त्यसको  पनि शिर्ष स्थानमा एउटा गैर शहिदको शालिक स्थापना गर्न लगाईएको थियो । जसले शहिदहरुको नै अपमान गरिरहेको थियो । शहिदको परिभाषा नै कुन्ठित पारिरहेको थियो । जसको बोध आम नागरीक र शहिद परिवारलाई नभएको होईन तर तत्कालिन कठिन परिस्थितिमा त्यसको चाहेरै पनि बिरोध गर्ने आंट कसैले गरेनन् । तर समय काल र परिस्थिति संधै एकै रहदैन, रहन सक्दैन र रहनु हुन्न । जस्तालाई त्यस्तै भन्ने आंट गर्नै पर्छ । कालोलाई कालो र गोरोलाई गोरो भन्ने आंट गर्नु इमान्दारी हो । –कृपया रंगभेदको कुरा उठाउन खोजेको हैन भन्ने स्पष्ट पार्न चाहान्छु ) तर सरकारले ढिलै भएपनि त्यस्तो आंट देखाएको छ । २०६८ पुस १८ गते ती बिर शहिदहरुको गरिमा बढाउने एउटा स्वागत योग्य निर्णय लिन सफल भएको छ । शहिद गेटको शिर्ष स्थानमा रहेको, गैर शहिद –कालगतिले मरेका ब्यक्ति) र तत्कालीन राजा त्रिभूवनको शालिक हटाउने निर्णय गरेको छ ।

 काठमाडौंको मुटुमा रहेको शहिद गेट र त्यहां निर्माण गरिएको चार बीर शहिदहरुको शालिक त्यसै निर्माण गरिएको होईन । त्यतिकै तत्कालीन राजा महेन्द्रले उनिहरुको सम्मानमा शहिद गेट निर्माण गर्दै गरेका थिएनन् । उनिहरुले देखाएको अदम्य शाहस कै कारण थियो । उनिहरु अहिलेका जस्ता ऐरेगैर शहिद पनि होईनन् । कुनै दल बिषेशले गरको युद्धमा आंफु खुसी लडन गएर मारिएका जस्ता हजारौ शहिद पनि होईनन्, जांड खाएर आपसी झगडामा ज्यान गुमाएका शंकुचित परिभाषमा परेका तथा आपसी मनमुटावमा मृत्यू भोगेका कथित शहिदहरु हुंदैहोईनन् । चार शहिद दशरथ चन्द, शुक्रराज जोशी ‘शास्त्री’, गंगालाल शेष्ठ र धर्मभक्त माथेमा यस्ता बीर शहिदहरु हुन जसले तत्कालीन जहानिया राणा शाषणको बिरोधमा आवाज बुलंद पारे । ब्यक्तिगत लोभ लालच र स्वार्थ भन्दा माथि उठि देश र देशबासीको पक्षमा  उभिने आंट गरेका थिए । तत्कालीन हुकुमी शाषणको बिरोधमा उत्रिएकै कारण उनिहरुलाई राजद्रोहको मुदद लगाईएको थियो । जेलमा सडाईएको थियो । क्रुर यातानापछि सार्वजनिक स्थानमा नै फांसि र गोलि ठोकेर हत्या गरिएको थियो । त्यस भन्दा पहिला उनिहरुलाई अनेक पल्ट अडान त्याग्न र आन्दोलन छोडन आग्रह गरिएको थियो । लालच बांडिएको थियो तर पनि ती बिर शहिदहरु कहिलै डगमगाएन । कारण उनिहरु देश र समाजको रुपान्तर चाहान्थे । आम देशबासीका लागि स्वतन्त्रता चाहान्थे । बोल्न, लेखपढ गर्न र इच्छा अनुरुपको व्यबसाय गरेर खानपाईयोस भन्ने चाहान्थे । बस यत्ति थियो उनिहरुको चाहाना । त्यहि कारण उनिहरुलाई हुंदा खांदाको कलकलाउंदो जवानीमा बलि चढ्न बिबश पारिएको  थियो र उनिहरुलाई फांसि दिनकालागी स्वीकृती दिने – लालमोहर लगाउने) तीनै ब्यक्ति थिए जो राष्ट्रपिताका नाममा चिनिन्छन् । बिडम्बना उनले नै हत्या गर्न लगाउने अनि उनै को शालिक शहिदहरुको शिर्ष स्थानमा ? जो नेपाली चर्चित उक्ति ”आफैं धामी अनि आंफै बोक्सि”संग ठ्याक्कै मेल खानेखालको थियो । त्यसैले त्यो हटाउनु पर्ने आम नागरीकको माग थियो र अनन्त: बाध्य भएर होसकी सुझबुझले राज्यले त्यसै गरिदियो । जो कुरा तत्कालीन राजाहरुका भरौटे र पञ्चायतका केहि अन्धभक्तहरुलाई पच्न सकेको छैन सायद । त्यसैले उनिहरु शहिद गेटबाट त्रिभुवनको शालिक हटाउने सरकारको निर्णयको बिरुद्धमा उत्रिन थालेका छन् । तर उनिहरुले बुझनै पर्छ कालगतिले मरेको ब्यक्ति कहिलै शहिदको परिभाषमा पर्दैपर्दैन भन्ने कुरा । हो, तत्कालीन अवस्थामा राणा शाषण ढाल्नका लागि त्रिभूबनले सहयोग गरेका होइनन् भन्न खोजिएको हुंदै होईन । जसको उच्च दर्जा उनले पाई सकेका छन् , प्रर्जातन्त्रका पिता । अmभै भन्ने हो भने नेपालको प्रर्जातान्त्रिक इतिहासमा जहिले पनि राजतन्त्र नै बाधक बन्दै आएको कुरा घाम जत्तिकै छर्लङगछ । दलहरुले राणाहरुको पिचडामा बन्धक बन्न पुगेका त्रिभुबनलाई उन्मिुक्ति मात्रै दिएनन् कोमामा पुगेको राजतन्त्रलाई पुनर जीबन दिए अर्थात राजतन्त्र फर्काई दिएका थिए । त्यतिबेला नेपाली कांग्रेस र एमाले जस्ता राजनीतिक दलहरुकै कारण त्रिभूवनलाई भारतमा शरण मिलेको थियो । उनि देश र देशबासीलाई उन्मुक्ति दिने किसिमले देश छोडेर भारत पुगेका थिएनन् आफनो गदिद् गुम्ने निस्चित भएपछि मात्रै गएका थिए । सात सालमा प्रर्जातन्त्र प्राप्ती पछि केहि सकारात्मक देखिएका त्रिभूवनले विस्तारै शिसु प्रर्जातन्त्रको घांटि निमोठ सघाएकै थिए । संस्थागत गर्नु भन्दा उनि प्रर्जातन्त्रकै बिनासमा लागेकालेनै आज देशले यो हालत भोग्नु परिरहेको छ । राजा, कांग्रेस र राणाहरुको सहमतिमा बनेका सरकार र मन्त्रीमन्डललाई घेराबन्दीमा पार्ने काम पर्दापछाडिबाट दरबारलेनै खेलको थियो भन्नेहरु धेरै छन् । २००७ साल देखि २०११ साल ४ वर्षको अवधिमा प्रर्जातन्त्रका पिता भनिने तीनै त्रिभूवनले त्यसको जगर्ना गर्नु भन्दा पनि त्यसको अन्त्यमै लागि रहेको इतिहास साक्षि छ । जो प्रर्जातन्त्रका पिता भन्ने पदाबली भन्दा बिपरीत नै छ । यो भन्दा उच्च सम्मान के हुन सक्छ ? अझ सोझो भाषामा भन्दा त्रिभूवन राजा अर्थात शाषक भएर पनि निकै कमजोर थिए । कांतर थिए । माली भएर पनि आंफै राणाहरुको पिजडामा पर्नु शाषकका लागि सुहाउंदै सुहाउंदैन ।  यदि त्रिभूवनले सांच्चिनै प्रर्जातन्त्र चाहान्थे भने फांसिको सजाय तोक्दा लालमोहर लगाएर स्वीकृति दिने नै थिएनन् । उनले अस्विार गरेको भए चार जना बिर शहिदहरुको ज्यान अकालमै जाने नै थिएन । तर पनि त्रिभुबनलाई शहिदको शिर्ष स्थानमा राख्नुको कारण तत्कालीन शाषण व्यबस्थाको जानकारी दिनु हो भन्ने तर्क गर्नेहरुपनि छन् । जसलाई एक हद सम्म नकार्न मिल्दैन । तर उनिहरुले बुझनै पर्छ तत्कालीन शाषक र इतिहास झल्काउने गरि निर्माण गरिएका संग्राहालयहरु पनि प्रशस्तै छन् त्यसैले तीनै संग्राहालयहरुमा त्रिभूवनको शालिक राखे झनै उत्तम हुन्छ नी, हैन त ? सरकारले पनि त्यसै भनेको छ । सम्मानका साथ नाराहिटि संग्रालय जहां सवै पूर्वराजाको इतिहास छ त्यंहि सम्मान पूर्वक राख्ने भनेकै छ । हो त्रिभुवनको शालिक शहिद गेटमा राख्नु चांहि शहिदको परिभाषा बिपरीत नै थियो नि ? त्यसैले लेख पूर्वराजा र राजसंस्थाको बिरुद्धमा कुनै आग्रह पूवाग्र राखेर लेख्न खोजिएको हुंदैहोईन । त्यस्तो भ्रम नराख्न बिषेश आग्रह पनि गर्छु । सत्य कुरा मात्रै हो ।  लोकतन्त्र आगमन पस्चात तत्कालीन प्रधानमन्त्री तथा राष्ट्र प्रमुख गिरिजा प्रशाद कोइरालाले पदभार ग्रहण गर्नासाथ शहिद गेटमा पुगेर सम्मान ब्यक्त गर्न प्रचलनको शुरुवात गरेका थिए । त्यसपछिका केहि प्रधानमन्त्रीहरुले पनि त्यसैगरे । तर एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भटट्राईले तिनै त्रिभूवनको शालिक शहिद गेटको शिर्ष स्थानमा रहेकै कारण अनेत्र गएका थिए । आम नागरीकका लागि शहिद गेट त्यस्तो पुन्य भूमि हो जहां पुग्दा आस्थाले शिर झुकाउंदै आएका छन् । बीर चार शहिदको त्याग देखेर नतमस्तक हुन्छन् । त्यस्तो स्थानमा तत्कालीन राजाको शालिक कदापि सुहाउंदैन थियो ।
अब कुरा रह्यो, शहीदगेटबाट त्रिभुवनको शालिक हटाउनु अहिलेको प्राथमिकता हो कि होइन भन्ने बहस गर्न सकिएला । तर जसले जस्ता तर्क, बिर्तक गर्ने छुट सवैलाई छ । वास्तवमा शहीदगेटमा त्रिभुवनको शालिक रहनु मिल्ने कुरा हुँदै होइन । नाम लिने बित्तिकै सबैको मनमा सम्मान भाव आउने पो शहिद † शहिदहरुकै सम्मानमा बनेको स्मारकमा उनीहरुकै शालिक मात्र राखिनु पर्छ । त्रिभुवनको शालिक राख्नु गल्ती नै थियो । त्रिभुवन फेरि त्यस्ता राजा, जसले उनीहरुलाई राणा शासकले दिएको मृत्युदण्डमा लालमोहर ठोकेका थिए । त्यसमा पनि आफ्नै व्यायाम प्रशिक्षक अर्थात गूरु धर्मभक्त समेत लाई फांसि दिने सजायमा सहमति जनाएरै ल्याप्चे ठोक्ने तिनै त्रिभुवन नै थिए । जनआन्दोलनको सफता पछि आन्दोलनका घाइतेहरुले नै शहिद गेटमा पुगेर  शहिदहरुको मात्र शालिक राख्नुपर्छ भन्दै उहिलै बिरोध गरेका थिए । त्यो ठिक हो भन्ने कुरामा सबै सहमत थिए । तर एकै पटकमा सबै परिवर्तण चाहेरै पनि हुन सक्दैन । त्यसले गलत अर्थ समेत लाग्न सक्थ्यो । तत्कालीन परिस्थितिमा राजाबादीहरुका लागि आगोमा ध्यू थप्ने माध्यम बन्न सक्थ्यो । त्यसैले त्यतिबेला दलहरु चुप चाप बसे र उचित समयको प्रतिक्षामा थिए सायद । जो शहिद हैन, उसको शालिक हटाउनु न्यायिक नै छ । शहिद शब्दको वास्तविक मर्म बुझेर शहिदलाई सम्मान दिन नसक्ने हो भने लोकतन्त्र र पर्जातन्त्रको वकालत गरिरहनुको कुनै अर्थ रहने छैन ।

No comments:

Post a Comment