Saturday, December 31, 2011

पर्यटन वर्ष सन २०११ र उपलब्धि


नारायण खड्का ,पुस १६
हाल काठमाडौं

आईतबार अर्थात पुस १७ गते देखि नयांवर्ष सन २०१२ को शुरुवात भएसंगै सन २०११ बिदा भएको छ । धेरैका लागि बितेको वर्ष कति उपलब्धि पूर्ण रह्यो र निराशा त्यसको आत्म समिक्षा पनि गर्ने अवसर हो । उतार चढाव पूर्ण दिनहरु बितेको भएपनि मानिसमा थप केहि गर्ने आशा प्रत्येक उत्साहितहरुले पालेकै हुन्छन् । त्यसैले नयां वर्षको आगमन संगै नयां योजना निर्माण गरिन्छ । उत्सा उमंग र जोसका साथ कार्यको थालनी गर्नु मानविय स्वभाव नै हो । तर पाठकबृन्द आज म ब्यक्ति विषेशका सफलता र असफलता भन्दा पनि समग्र राष्ट्रको कुरा जोड्दै छु । नेपालले सन २०११ लाई पर्यटन वर्ष घोषणा गर्दा निकै तामझाममा विताएको थियो ।
टुडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री देखि प्रमुख दलका प्रमुख नेताहरु समेत पुगेर वाचा गरेका थिए । कि पर्यटन वर्षको अवधिभर कुनै प्रकारको बन्द र चक्काजाम जस्ता कार्यक्रमहरु गर्ने छैनौं भन्ने प्रतिबद्धता सार्वजनिक मञ्चबाटै एक स्वरमा गरेका थिए । त्यो हेर्दा यस्तो लाग्थ्यो सन २०११ नेपाल र नेपालीका लागि पर्यटन मय बन्ने छ र करिब ६ महिना जति दलहरुले कुनै बन्द र चक्का जाम गरेनन् पनि । त्यसैल पनि सरकारी चाहाना अनुरुप १० लाख पर्यटक भित्याउन कुनै समस्या हुन्न भन्ने आशा पलाएको थियो । नेपालका दुर दराजका नागरीकहरुले आफना गल्लि घर आंगन मठ मन्दिर र पर्यटकिय स्थलहरुको प्रचार प्रशार र सरसफाई गर्नूको कारण त्यहि थियो । गांउ गांउ र वस्ति वस्तिमा होम स्टेहरु खोलिनुको कारण पनि त्यहि हो । तर राजनीतिक दलहरुले नै ६ महिनापछि आंफैले गरेको वाचा भूले, दलीय स्वार्थमा अल्झिए र फेरी बन्द र चक्का जाम मात्रै होईन सडकभरी टायर बालेर रमिता देखाए । जसले गर्दा पनि राज्यले घोषणा गरेको राष्ट्रिय मोहत्वसबलाई केहि न केहि धक्का पुग्यो । र नेपालको छबि विश्वमा धुमिल हुन पुग्यो । यो भन्दा पनि गंभिर गल्ति राज्यबाट भएको छ । समयमै पर्यटन प्रवर्धनको काम हुन नसक्नु, पूर्वाधार तय गर्न चुक्नु, वासस्थानको उचित व्यबस्थापन नहुनु , भित्रिएका पर्यटकहरुको बसाई अवधि बढाउन नसक्नु, आएका मध्य ४० प्रतिसत पयर्टक गांउ तथा नयां गनतब्यमा पुर्‍याउन नसक्नु, नयां पर्यटककिय स्थलहरुको सहिरुपमा पहिचान र प्रचार गर्न नसक्नु, पर्यटन बोर्ड भित्रको राजनीतिक चलखेल नरोकिनु र कर्मचारीको मनोमानी बढ्नु , सन २०११ को अवधिभर चार जना पर्यटन मन्त्री र ३ जना सचिब परिवर्तन हुनु, समापनको बेलामा पर्यटन बोर्ड प्रमुख कार्यकारी बिहिन हुनु, राष्ट्रिय ध्वाजाबाहाक खरिद गर्न नसक्नु , पर्यटन अवधिभर सरकारी पक्ष र नीजि क्षेत्र बिच समन्वयको अभाव देखिनु जस्ता गल्ति भएका छन् ।

 तर ग्रहण लागेको समयमा निस्किएको प्रकासको सेतो घेरा भनेझै केहि आशा पनि पर्यटन वर्षले छोडेर गएको छ । पर्यटन अवधिभर भएका केहि सकारात्मक र चर्चा गर्न योग्य काम पनि छन् । यो अवधिमा थोरै भएपनि बिमान थपिए , नेपालका दुरदराज र गांउ गांउ सम्म पर्यटनले चर्चा पायो,पयर्टनलाई लक्षित गरि देशका विभिन्न क्षेत्रमा अर्वाै लगानीमा होटेलहरु स्थापना गरिनु सकारात्मक पक्ष हो । त्यसमा पनि पर्यटन उद्योग र यसको महत्ववारे राम्रो संग जानकार भैनसकेका ग्रामिण भेगका मानिसहरुले समेत त्यसको औचित्य जान्ने अवसर पाएका छन् । आफना मौलीक कला र संस्कृतिको संरक्षण र प्रचार प्रशारमा लाग्नु उदाहरणिय छ ।  इतिहासमै सबैभन्दा धेरै झन्डै साढे सातलाख पर्यटन भित्रनु, राष्ट्र बैंकको आयस्रोत बढ्नु पनि सुखद छ । त्यस्तै पर्यटन वर्षमा  कोरियाली साँस्कृतिक टोलीको विशेष प्रस्तुति, ब्रायन एडम्सको एकल साँगीतिक साँझ, पोखरामा सञ्चालित दुई दिने अन्तर्राष्ट्रिय पाटा ट्राभल मार्ट, अन्तर्राष्ट्रिय होटल सम्मेलन, यूआईएएको सम्मेलनलगायतका अभियानहरुले साच्चैनै नेपाललाई विश्वभर चिनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो नै । तर नेपाल जस्तो पर्यटकीय सम्भावनाले भरिपूर्ण देशका लागि त्यो प्रयाप्त मान्न सकिन्न । त्यसैले पर्यटन व्यवसायी, सरोकारवाला र सरकार सबै चिन्तित भएको हुनुपर्छ । सरकारी तथ्याङक अनुसार  हवाई मार्ग बाट झन्डै ५ लाख र स्थल मार्गबाट अढाई लाख पर्यटक सन २०११ मा नेपाल भित्रिएका छन् । जो १० लाख पर्यटक भित्याउने लक्ष्य लिएको नेपालका लागि संख्याको दृष्टिले अढाइलाख कम हो । तर सफलता एकै पटकमा मिल्दैन । त्यसका लागि पहिलो सर्त भौतिक पूर्वाधारको निर्माण नै हो । पर्यटक भित्याउनकालागि त्यहि अनुरुप खाने ठांउ, वासस्थान र गन्तब्यको व्यबस्था गर्नुपर्छ भन्ने ठूलो शिक्षा पर्यटन वर्ष सन २०११ले छोडेर गएको छ ।









यस अघि सन् १९९८ को नेपाल भ्रमण वर्षले खुबै चर्चा पाएको थियो । माओवादीको दश वर्षे शसस्त्र द्वन्द्वको चपेटामा रहेको अवस्थामा पनि पांच लाखको हाराहारीमा पर्यटक भित्रनु चानचुने कुरा थिएन । तर तत्कालिन कठिन परिस्थिति र अहिलेको शान्ति स्थापना भएको समयमा समेत पर्यटनको खासै उल्लेखनीय र चर्चा गर्न लायकको अभियानहरु सञ्चालन हुन नसक्नु विडम्बना पूर्ण छ ।
विशेषत: ४० प्रतिशतसम्मको पर्यटक गाउंमा नै पुर्‍याउन सक्नुपर्छ भन्ने लक्ष्यपनि यो अभियानको थियो । सोही अनुरुप जिल्लाजिल्लामा भएका हरेक उत्सव/महोत्सव र पर्यटकीय अभियानलाई पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड प्रबद्र्धनात्म भूमिकाको काम त गरे तर त्यसको जति प्रभाव हुनुपर्नै थियो त्यसो हुन सकेन ।  अभियान सफल पार्नको लागि १४ वटा उपसमिति गठन गरि सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएपनि त्यसको अपेक्षाकृत रुपमा प्रभाव परेको देखिएन ।
सन् २०११ र पर्यटन वर्षको समाप्तिसंगै विभिन्न कोणबाट यसको समीक्षा हुन थालेको छ । अभियानले धेरै लक्ष्य लिएको थियो, जस्को त्यतिखेरनै व्यवसायीहरुले कडा आलोचना पनि गरेका थिए । महत्वाकांक्षी योजनाको रुपमा हेरिएको पर्यटन वर्ष अभियानले केही फाइदा त अवश्य दियो नै । तर, अभियानमा गर्नु पर्ने धेरै काम भने यो समयमा गर्न सकिएन । जसले पर्यटन वर्षलाई असफल बनाउन मद्दत पुर्‍यायो ।
हो, सबैभन्दा पहिला गर्नु पर्ने अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रवर्धनका लागि गरिनुपर्नै काम पर्यटन वर्षको अन्त्यतिर मात्रै गरिनु राज्यको ठूलो कमजोरी थियो । जसले बोल्नेको पीठो विक्छ, नबोल्नेको चामल पनि विक्दैन भन्ने उखानलाई चरितार्थ पारिदियो । हामीले आफ्नो चामलको पनि व्यापार गर्न सकेनौं । अर्थात, अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारको लागि छुट्याइएको रकम पनि राज्यले समयमै सदुपयोग गर्न चुक्यो । जस्ले गर्दा विदेशमा त के नेपालमा आएका पर्यटकलाई समेत नेपालको अभियानको बारेमा राम्ररी जानकारी हुन सकेन । पर्यटन वर्ष २०११ अभियानको सफलता र असफलताको लागि तर्कगर्न हो भने दुबै खालका बिश्लेषण हुने गर्छ । दश लाख पर्यटक नआउनुलाई असफलता मान्ने हो भने त्यो सत्य हो तर नेपालीमा ल्याएको चेतना र पर्यटन प्रवद्र्धनको लागि सिर्जना गराइदिएको एकतालाई हेर्ने हो भने यो सफलता पनि हो । यति मात्रै होइन, देश पर्यटनमय बनेको छ र पर्यटकलाई गर्नु पर्ने आदर/सत्कारदेखि पूर्वाधार निर्माणसम्मका कुराहरुमा सबैलाई चेतना भएको छ । यो पनि सफलताकै पाटोमा राख्न सकिन्छ । अझ खांटीको सफलतात, यो अभियानले दश वर्षे द्वन्द्वबाट अन्राष्ट्रिय स्तरमा बिग्र्रीएको छवि मेटाउन सफल भएको छ । अमेरीका समेतले नेपाललाई उपयुक्त गनतव्यको मान्यता दिनु त्यसैको उदाहरण हो । लक्ष्य अनुसार ७५ प्रतिसत मात्रै पर्यटक भित्याउन सफल भएपनि पहिलेको तुलनामा पर्यटक आगमनमा २२ प्रतिशतले वृद्धि हुन नराम्रो भन्न मिल्दैन ।  
पुस १६ गते शुक्रबार देखि सन २०११ हामी बाट बिदा भए संगसंगै नयां वर्ष सन २०१२ शुभारम्भ भएको छ । त्यसैले सन २०११ इतिहास बनिसकेको छ । बितेको वर्षमा कति राम्रा र नराम्रा कामहरु भए र कति कामहरु पूराहुन सकेनन् । त्यसको मोटामोटि समिक्षा स्वाभाविक नै हो । आर्थिक संबृद्धिको प्रमुख आधार मानिने पर्यटनको ठूलो संभावना बोकेको एउटा देश नेपाल हो । नेपाल त्यहि हिमाली राज्य हो, जहां, विश्वको छानो सगरमाथा छ । शान्तिका अग्रदुत गौतम बुद्ध, भृकुटी जस्ता आदर्शनारी, अरनिको जस्ता पौरखी कलाकार जन्मिएको देश हो । नेपालको चिनारी यत्तिमा मात्रै सिमित छैन, असंख्य मनोरम प्राकृतिक दृष्यावली, दर्जनौ हिमसृङखला, नदिनाला, तालतलैया र बेसी अनि चुरे पर्वत मालाहरु तथा विभिन्न जातजाती र  धर्म, संस्कृतिको सङगम स्थल नेपाल हो । जहां आउन पर्यटकहरु लालायित हुने गर्छन । नेपाल बिश्व मानचित्रमा आकार प्रकारले सानो भएपनि संसार चिहाउने आंखा समान छ । हिमाल, पहाड र तपाईमा बिभाजीत नेपाल अलौकिक छ । जहां एउटै सिजनमा त्यो पनि नितान्त कम दुरीमा फरक–फरक मौसम पाईन्छ । सायद त्यहि तथ्यलाई आत्मसाथ गर्दै नेपालले सन २०११ लाई पर्यटनमा सर्मपन गरेको थियो । प्रसस्त संभावना छंदा छंदै पनि हामी किन चुक्यौं ? यसको समिक्षा हुनसक्यो भने मात्रै नेपालमा पर्यटन उद्योग सप्रिने छ ।

राष्ट्रिय पर्यटन मोहत्ब सन २०११ बिदा हुंदै गर्दा सरकारले नयां वर्षलाई पनि पर्यटन मय बनाउने सोच बनाई सकेको छ । लुम्बिनि भ्रमण वर्ष घोषणाको तयारी त्यसैको उदाहरण हो । सरकारको यो निर्णय हतारमा निर्णय गर्ने अनि फुर्सदमा पछुताउने सैलि भन्दा कम छैन । पर्यटनको प्रसस्त संभावना भएपनि राष्ट्रिय ध्वाजाबाहाक बिमानको अभाव पुरागर्त तर्फ नलाग्नु, तेस्रो मुलुक संगको प्रत्यक्ष सम्पर्क बढाउन ध्यान नदिनु , नेपाल वायूसेवा निगमको बिद्यमान अवस्थामा सुधार नल्याउनु र नयां गन्तब्यको खोजी तथा प्रचार प्रशार बिना गर्न चुकि रहने हो भने यस्ता घोषणाको खासै अर्थ रहन्न । सन २०११ लाई पर्यटन वर्ष मात्रै घोषणा गर्नु तर आवश्येक पहल कदमी लिनुको साटो राज्य निस्किृय रहनुले उदेश्यबाट बिमुख हुनुपरेको हो । संख्यात्मक दृष्टिले भनेजति पर्यटक भित्याउन सफल नरहेता पनि पर्यटन वर्ष सन २०११ले धेरै सकारात्मक छाप भने छोडन् सफल भएको छ । विश्वभर हाम्रो संपदा, मौलिक संस्कृतिको प्रचार प्रशार भएको छ । नेपालका दुर दराज र गांउ गांउमा पर्यटनको महत्व बुझाउन सफल भएको छ । यहि उपलब्धिलाई जोगाउन सकेमा मात्रै पनि नेपालमा पर्यटकहरुको ओईरो लाग्ने निस्चित छ । यसको हेक्का नीति निर्माता र सम्बन्धित निकायलाई हुनै पर्छ ।


No comments:

Post a Comment