Wednesday, August 31, 2011

तीज यसरी मनाए कसो होला ?


नारायण खड्का
काठमाडौं भदौ १३ /०६८
समग्रं हिन्दु नारीहरुका लागि स्वतन्त्रता र उल्लासको पर्व हरितालीका तिजले जताततै उत्साहा र उमंग थपिदिएको छ । नयाा र झिलीमिली कपडामा माईती फर्कन हतार चेलिबेटीको तााति देख्दा लाग्छ यो भन्दा उनीहरुको लागि अक्र्राे कुनै रमनीय पर्व छैन । खासमा टाढा माईती भएका र साधै कामकाजमा खटिने महिलाहरुका लागि झन यो पर्व सवै भन्दा ठूलो उत्सब हो । किनकी उनीहरु वर्ष दिनमा एक पटक माईती जाने अबसर पााउछन् । जहाा उनीहरुले आफ्ना बालसखा मात्रै भेट्दैनन् आफ्नो व्यक्तिगत र पारीवारीक सुख दुखका कुरा पनि आपसमा साटासाट गर्ने अवसर पाउाछन् । जन्म दिने आमा बाबु र गााउ घरका बालसखा सवैलाई भेट्न पाउनु जस्तो खुसीको क्षण सायद अरु हुन्न होला घर देखि टाढिएका जो कोहीका लागि ।
रातो सिन्दुर पोते र चुरालाई आफ्नो सौभाग्य ठान्ने महिलाहरु आाफु भन्दा पनि श्रीमानको सुस्वास्थ्य तथा दिर्घायूको कामनार्थ ब्रत बस्ने गर्छन । नर र नारी जीवनका एक रथका दुई पााग्रा मान्निछन । दुवैको स्थिति राम्रो रहेमा मात्रै जीवन रुपी रथ हााक्न सजीलो हुने विश्वासमा नै महिलाहरु ब्रर्त बस्नुलाई ठूलो त्याग मान्न सकिन्छ । आाफु निर्मल ब्रत बसेर, कष्ट सहेर, त्यागिनी तपस्बी बनेर, भएपनि श्रीमानको दिर्घायूको कामना गर्नुलाई चानचुने कुरा आाक्न मिल्दैन । भित्री मन देखि यस्तो ब्रत बस्न लाम लागेका दिदी बहिनीहरुमा म सलाम गर्न चाहान्छु । तर ब्रत केबल परमपरा धान्न र ढोङका लागि मात्र गरिनु भने गलत हो । खासमा सहर बजारमा यस्ता ढोागी बढ्ता नै देखिने गरेको छ । १ महिना अघी देखि नै दरखाने प्रचलन , घरको आर्थिक स्थिति भन्दा पनि बिपरीत दोब्बर खर्च, गहनाको तडक भड्क देखावटी यस्तै देखावटी संसार सहर बजारमा छ । झन काठमाडौंमा अधिक छ ।  बिबाहीत महिलाहरुले मात्रै होईन अविबाहित युवतीपनि सुयोग्य बर पाउने आशमा ब्रत बस्छन तीजमा । पौरानीक मान्यता अनुसार पार्वतीले शिब भगबानलाई बरको रुपमा पााउ भनि ब्रत बस्दा उनको मनोकााक्षा पुरा भएको मान्यताको आधारमा तीजको ब्रत बस्न अविबाहित महिलाहरु बढि लालायीत हुने गरका छन् । त्यसैले उनीहरुको तड्क भड्क पनि बढ्ता नै पाईने गरेको छ सहरहरुमा । जती सक्यो मेक अप, गरगहना, अनि आधुनिक बन्ने होडबाजीमा लागेका यस्ता युवती देख्दा लाग्छ उनीहरु पुरुषहलाई आफ्नो बसमा पार्न अत्याधुनिक हतियार प्रयोग गरीरहेका छन् । तर त्यहि फेसन मेक र गरगहनाका  कारण यस्ता युवतीहरु बढ्ता जोखिममा पनि पर्ने गरेका छन् । राम्रो र भनेको जस्तो स्वामी राजा पाउन एक दिनको वर्त र स्रोर सिंगारले पक्कै पनि पुग्दैन । त्यसका लागि आाफुमा सिप, क्षमता र दक्षता पो हासिल गर्नु बुद्धिमानी ठहर्छ । खासमा युवतीहरुमा भरिएको यो भ्रम शिक्षाले मात्रै चिर्न सक्छ । शिक्षीत र आधुनीक युवतीहरु यस्ता भ्रमबाट मुक्त पनि छन् । विबाह भनेको दुई आत्माको मिलन हो । जो कोहि पनि जीवन साथि योग्य नै खोज्छ । जसले जीवनका सप्ठ्यारा अप्ठ्याराहरुलाई आत्मसाथ गर्न सकोस र सकेसम्म मलहम लगाउन सकोस । मतलब पहिलेको जस्तो अयोग्य र असक्षम व्यक्तिको छनौटमा अवको युवा पुस्ता अल्झिदैन । पढेलेखाका र जहाा गएपनि केहि गर्न सक्ने युवती नै अहिलेका अधिकाास शिक्षीत युवाहरुका रोजाई हुने गरेका छन् । त्यसमा सौन्दर्यता, राम्रो चिटिक्कै परेको शारिरीक बनावट, मिजासीलोपन हुन त झन सुनमा सुगन्ध नै भयो । त्यसैले एकै दिनमा भएभरका श्रीङगार गरगहना प्रर्दशन गरेर केहि हुनेवाला छैन भन्ने भ्रमबाट कम्तिमा पनि युवतीहरु मुक्त हुन सक्नुपर्छ । क्षमता विकास र सिपको दक्षता नै राम्रो स्वामी पाउने पूर्वाधार हुन भन्ने ज्ञान हुनपर्छ । एकाध माथि उल्लेख गरिए भन्दा फरक जोडि हुन सक्लान तर छलकपट पूर्ण तालले ढााटेर ठगेर बनेको जोडि दिगो रहन सक्दैन । बढ्दो सम्बन्ध बिच्देदका घटनाका कारण त्यहि हुन । त्यसैले समयअनुकुल शिक्षा तथा सिपमा जोड दिन तर्फ अग्रसर हुनुपर्छ अवका युवतीहरु । त्यसो हुन सकेमा मात्रै आत्म निर्भर वन्न सजिलो हुने छ । जो जीवनका कठिन मोडमा बरदान सावित हुने छ । विबाह दुई आत्माको मिलन हो । एउटा संझौता हो । विबाह पूर्वका संझौता झुट ठहरीयमा सम्बन्ध विग्रन कती नै बेर लागेको छ र ? त्यसैले अन्धाहरुले हाक्ति छाम्दा गरेको बर्णण भन्दा पनि बास्तविकतामा लागौं । धर्म मान्नु सकारात्मक हो । तर धर्मको बढ्दा खिल्ली उडानु झनै ठूलो अपराध हो । समाजलाई त्यसले देखासिखी र बनावटी बनाउादै लैजान्छ । व्यक्तिमा हुनुपर्ने क्षमता हो । बाहिरी सुन्दरता त एक दिन लालीगुारासको फूल ओइला झै ओईलाउन सक्छ तर आन्तरीक सुन्दरता जीवन रहादा सम्म रहि रहन्छ । जसले जीवनलाई सहज बनाई दिन्छ । सुन्दरता भनेको मान्छमा हुनुपर्ने निहित गुण, कला सिपको विकास भन्न खोजिएको हो । सवै ले आाफुलाई धरातलमा उभ्याउा, यर्थाथता बोध गरौं अझै आाफुलाई परिमार्जन गदै लैजाउा त्यसपछि मात्रै यस्ता पर्वहरुको महत्व सार्थक हुने छ । अनि भने जस्तो राजकुमार पाउन सहयोग गर्ने छ । विबाहित महिलाहरुले पनि बुझनै पर्छ की श्रीमान र श्रीमती बीचको सम्बन्ध सधैं सकारात्मक रहनुपर्छ । श्रीमानको खराब बानी सुधार्न महिलाले सकेसम्म ध्यान दिनुपर्छ । कचकच गरेर मात्रै श्रीमानका बानी ब्यवहार सुर्धान ग्राह्रो हुन्छ । त्यसैले सानो मन छुने कुरा र काम तथा सहयोगले पनि उनीहरुलाई सुधार्न प्रयत्न गर्नु बुद्धिमानी हो । कीनकी महिलामा जती क्षमता र ममता अरु कसैमा हुादैन । उनीहरुको सानो सकारात्मक प्रयासले जीवन र घर स्वर्ग वन्न सक्छ । व्यक्ति खराब बाटो जुवा जााड रक्सिमा लाग्नुका अनेक कारण हुन्छन् त्यसमध्य एउटा प्रमुख कारण महिला पनि हुन । भनेको केटि विबाह गर्न नपाउनु, महिला बढ्ता ढोागी र किचकीचे हुनु, श्रीमानलाई अपमान गर्नु, धेरै गफ दिने र परपुरुष संगको गलत सम्बन्ध नै त्यसको प्रमुख कारण हुन । यस्ता व्यबहारमा समयमै हेक्का राख्न सके सवैको पारीवारीक जीवन सुखद हुने छ नकि एक दिनको कठोर व्रर्तले पुरुषको आयू बढ्ने होईन । श्रीमान खराब बाटोमा लाग्नुको पछाडिको रहस्य पत्ता लगाएर समाधानका बाटो रोज्नु आवश्येक छ । श्रीमानको आयू छोटो हुनको कारण यसको आचारणले हो । साधै धुर्म पान र मध्य पानमा डुव्नेहरुको स्वास्थ्य विग्रनु स्वाभाविक नै हो । अनी तापाई निराहार वर्त बसेर कसरी तपााईको श्रीमानको आयू बढ्ला ? यो त बिराधाभास पूर्ण कार्य भएन र ? सक्नु हुन्छ भने तपााइ समयममा नै  श्रीमानलाई सुर्धारने बाटोको खोजी गर्नुहोस  । कतै तपााइ कै भड्किलो तालले तीज मनाउने पर्व तपाईको श्रीमानका लागि पिडा त बनेको छैन । यसले झनै रिणको भारपो थोपरेको छ कि ? यस्ता जीवनका यर्थाथता नबुझेर पराम्पराबादी तालले गरीने वर्तको कुनै अर्थ रहन्न । फेरी महीलाले गर्न व्रर्तको प्रभाब पूरुषमा कसरी पर्न सक्छ । बैज्ञानी तथ्यका अनुसार जो वर्त वस्छ त्यसको असर पनि उसको शरिमा नै हुन्छ । बर्तले उनीहरुको श्वास्थ्यमा सहयोग पनी गर्छ तर कमजो स्वास्थ्य स्थिती भए त झनै ब्रर्त बस्नु झनै खतरा रहन सक्छ । त्यसले आाफनो स्थिति हेरर मात्रै वर्त बसौं त्यो पनि गक्ष अनसार धर्म क्रर्म गरौ । घााटि हेरी हार निल्नु बुद्धि मानी हो । यसले सम्भावित क्षती घटाई दिन्छ । कि कसो ?   अन्त्यमा यहाा पर्वहरुको विरोध गर्न खोजीएको होईन । म पनि यहि समाजको उपज हुा । यसको विरोध भन्दा पनि ढोंगि हुन भएन भन्न मात्रै खोजीएको हो । पर्वहरु सामाजीक सदभाबले मनाउा । घर, समाज, र आफ्नै स्वास्थ्यमा समेत प्रभाव पार्ने गरी पर्व मनाउनु गतल होईन र ?  बढि भए ५० घटाउनु होला ।

Monday, August 29, 2011

जेठ १४ देखि भाद्र १४ सम्म

नारायण खड्का

०६८ भदौ ९
जेठ १४ देखि भद्रो १४ सम्मको ३ महिना कुनै उपलव्धि बीना नै गुज्रीएको छ । दलहरु विचको सहमतिले मृत्यु सैयामा पुग्नै आाटेको संविधानसभाको आयू तीन महिना थप्नु बाहेक शान्ति प्रक्रियामा देखिने गरी यो अवधिमा कुनै प्रगति हुन सकेन । भलै दलहरुले शान्ति प्रक्रिया र संविधान लेखन कार्य पूरा गरेरै छाड्ने वचन भने दिादै आएका छन् ।
शान्ति र संविधान लेखनमा महत्वपूर्ण काम सम्मपन्न गर्ने वाचा सहित दलहरुले गत जेठ १४ मा ५ बुादे सममति गदै तीन महिना समय थप गरेका थिए । तर जेठ १४ देखि भद्रो १४ सम्म थपियको ३ महिनाको समयाबधिमा शान्ति प्रक्रियाको मेलो अवरुद्ध प्राय हुादा उल्लेखनिय काम विना नै वितेको छ । म्याद थपको पहिलो साता भित्रै माओवादीले दोहोरो सुरक्षा प्रर्णाली हटाउने निर्णय गदै कार्यान्वयन पनि शुरु गर्‍यो । जसलाई म्याद थप पछिको एउटा महत्वपूर्ण उपलब्धि मानिएको छ । अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरुले आफ्नो सुरक्षामा खटिएका लडाकु र हतियार शिविरमा फिर्ता त गरे, तर  माओवादी भित्र कै उपाध्यक्ष मोहन बैद्यको समुहले त्यसलाई कार्यान्वयन गरेन । ५ बुादे  सहमतिलाई अक्षर पालना गदै  प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीना गरी राष्ट्रिय सहमतिय सरकारको मार्ग प्रसस्त गर्नुपर्ने थियो । तर यो विषयमा पनि सत्ता साझेदार दर र सत्ता बाहिर रहेका दलहरु विचपनि एक मत हुन  सकेन । एमाले भित्रकै नेपाल – ओली पक्ष, माओवादी भित्रको बाबुराम भट्टराई पक्षधर र प्रमुख प्रतिपक्षी नेपाली कााग्रेस र मधेसी मार्चामा आवद्ध दलहरुले प्रधानमन्त्रीको राजीनामा जोडतोडले उछाले भने त्यसको बचाउ गर्न सत्तासिन दलहरु लागि परे । यहिकारण नेता तथा दलहरु विच अविश्वास र मनमुटाब पैदा गरायो । यसले शान्ति प्रक्रिया र संविधान लेखन कार्यमा जुट्नुको साटो दलहरु ५ बुादेको व्याख्या र उपब्याख्यामा व्यस्त रहन पुगे ।

खासमा ३ महिनाको समयाबधि राजनितिक दृष्टिले भने अतेन्तै उतार चढाब पूर्ण रह्यो ।  यहिअबधिमा प्रमुख दलहरु आन्तरीक किचलोमा फसे । घर भित्रको कलह व्यवस्थापनमा दलहरु लामो समय अल्झिदा नै शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रिया अवरुद्ध हुनुको प्रमुख अक्र्राे कारण मान्ने गरिएको छ । पार्टी भित्र तत्काल कार्ययोजना कि कार्यविभाजन भन्ने बिषयमा माओवादी भित्र बिबाद चुलियो ।  कार्यविभाजनको मुद्दा चक्रियपछि एकिकृत नेकपा माओवादीलाई त्यसको व्यवस्थापन गर्न पुरै एक महिना लाग्यो । संविधानसभाको सवै भन्दा ठूलो दल माओवादी केन्द्रिय समितिको असार १० देखि शुरु बैठक पटक– पटक स्थगित हुादा उसले सेना समायोजन विषेश समिति, संविधान निर्माणका लागि सुझाब दिने उदेस्यले गठित संबैधानिक उपसमिति लगाएतका बैठकहरुमा आफ्ना प्रतिनिधि पठाउन असमर्थ रह्यो । दोश्रो ठूलो दल नेपाली कााग्रेस भित्र पनि नेतृत्वको बिबाद चुलियो । यहि बिबाद बाट बच्न पार्टी सभापति सुशिल कोईराला एक महिना लामो यूरोपियन देशहरु हुादै भारतको भ्रमणमा निस्किएको कााग्रेस भित्र कै केहि नेताहरुले आरोप लगाएका थिए । खासमा कााग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी नेतृत्व मनोनयन गर्दा भएको सहमति अनुसार आाफुलाई संसदीय दलको नेता बनाउनुपर्ने अड्डि लिएकाले कााग्रेस भित्र बिबाद बढेको थियो । बहुमत सभासदहरुको हस्ताक्षर संकलन सहित संसदीयदलका नेता रामचन्द्र पौडेल बिरुद्ध अविस्वासको प्रस्ताब दर्ता गर्ने देउवा पक्षले चेतावनि दिादै आएकोले कााग्रेस सभापति कोईराला अप्ठेरोमा परेका थिए । तर कााग्रेस भित्रको यो विबाद पनि प्रधानमन्त्रीको चुनाबी प्रक्रिया शुरु भएसंगै  तत्कालका लागि व्यबस्थापन भएको मानिएको छ । सहमतिय प्रधानन्त्रीका लागि देउवा र बहुमतिय पद्धतीका लागि पौडेल उम्मेदवार बन्ने निर्णय संगै त्यस्तो अनुमान गरिएको छ ।
तेश्रो ठूलो दल एमाले पनि आन्तरीक बिबाद बाट अछुतो रहन सकेन । खासमा एमाले भित्र सत्ताकै लागि बिबाद चुलिएको थियो ।
बुटवलमा सम्पन्न ८ औं महाधिबेसनको तुस नै त्यसको कारक मान्ने गरिएको छ । एमाले बरिष्ठ नेता माधब नेपाल प्रधानमन्त्री छादा अध्यक्ष झलनाथ खनाल पक्षले उनको राजीनामा चर्काे रुपमा माग्ने गरेको थियो ।  त्यस्तै खनाल प्रधानमन्त्री रहादा उनको राजीनामा माग्नेहरु मध्य नेपाल–ओली पक्ष एक प्रमुख शत्ति थियो । गत साउन ८ र ९ गते धुलिखेलमा संम्पन्न राष्ट्रिय कार्याशाला गोष्ठि पनि त्यस्तै गुटमा परिनत भएको थियो । ब्यक्तिगत आरोप प्रत्योरा हुनु त्यसको उदाहरण थियो । बिद्यान सम्सोधन मात्रै होईन, अध्यक्षमा अधिकार धेरै रहने कि महासचिबमा भन्ने बिषयमा समेत तर्क बिर्तक भए । तेश्रो ठुलो शत्ति भित्रको आन्तरीक बिबाद पनि शान्ति र संविधान प्रक्रिया अघि बढ्न नसक्नुको प्रमुख कारण हो । किनकी उसले लगातार दुई पटक नेतृत्व गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकने ।
जेठ १४ आउादै गर्दा निर्माण भएको  तराई तथा मधेश केन्द्रित दलहरुको गठबन्धन संयुक्त मधेशी मोर्चा चौथो शक्तिको रुपमा उदाउनुको राजनीतिक प्रभाब पनि ठूलै परेको छ । खासमा एक मधेश एक प्रदेश तथा समग्र मधेको कुरा उछालेर स्थापित मधेशीदलहरुको स्वार्थले पनि शान्ति प्रक्रिया र संविधान लेखनको कार्य अड्किएको छ । ५ बुादे सहमति अनुसार मोर्चामा आवद्ध दलहरुले नेपाली सेनामा सामुहिक प्रबेशको मुद्दा उठाउादै आएका छन् । जब जब माओबादी लडाकुको सेनामा समायोजनको चर्चा हुन थाल्छ मधेश केन्द्रित दलहरुले पनि १०औ हजार युवा सामुहिक प्रबेश गर्नुपर्ने कुरा उठाउन थाल्छन् ।  आत्म निर्णयको अधिकार सहितको संघियता पनि उनीहरुको अक्र्राे प्रमुख मुद्दा हो । तर सत्ताका लागि पटक– पटक विभाजीत हुदै चिराचिरा बनेका मधेशी दलहरु  मधेशका मुद्दालाई शत्तामा पुग्ने भर्‍याङको रुपमा प्रयोग गदै आएको आरोप पनि लाग्दै आएको छ । उपेन्द्र यादब बाट बिजय कुमार गच्छेदार मात्रै होईन जेपि गुप्ता पनि अलग भै नयाा पार्टी खोल्नु त्यसैको उदाहरण हो । भन्नलाई मधेश केन्द्रित सवै दलहरुले सवैभन्दा बढ्ता संविधानको जरुरत आाफुहरुलाई रहेको दाबी गदै आएका भएपनि संविधान लेखनको सवालमा त्यो अनुरुपको व्यबहार भने प्रर्दशन हुन सकेको छैन । दलहरु विचमा रहेका यीनै र यस्तै व्यबहारहरु शान्ति प्रक्रिया र संविधान लेखन अगाडी बढ्न नसक्नुका प्रमुख कारण हुन । देशमा संङक्रमणकाल लम्बिदै जानुको पछाडि यस्तै देशी बीदेशी शक्तिको प्रभाबले गर्दा हो । झलनाथ नेतृत्वको सरकारले यो वर्ष समय मै बजेट ल्याउनु सकारात्मक पक्ष थियो । तर निती तथा कार्यक्रमा समाबेश भएका जनयुद्ध जस्ता शब्दका कारण आलोचना भने निकै खेप्नु पर्‍यो । ५ बुादे सहमति अनुसार प्रधानमन्त्री खनालको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी कााग्रेसले लगातार संसद अबरुद्ध गर्न मै समय खर्चिएको थियो । साउन २९ गते प्रधानमन्त्री खनालले राजीनामा दिएपछि राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरु असमर्थ भए । र अहिले बहुमतिय प्रक्रिया शुरुभएको छ । माओवादीबाट उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेपाली कााग्रेस बाट संसदीय दलका नेता तथा पार्टी उपाध्यक्ष रामचन्द्र पौडेल प्रधानमन्त्रीका उम्मेदवार वनाईएका छन् । त्यसैले अहिले दलहरु आ–आफ्ना उम्मेदवारलाई जीताउने उदेश्य मै केन्द्रित रहेकाले भदौ १४ को पनि एउटा चरम निराशाले गुर्जने निश्चित छ । यसअघिका बुहमतिय सरकारले शान्ति प्रक्रिया टुङगाउन र संविधान जारी गर्न प्रयास नगरेका होईनन् तर सवै दलहरुको समर्थन नपाउादा जुन जोगि आएपनि कान चिरिएका जस्ता बन्न बाध्य पारिएका थिए । त्यहि यथार्थबाट पाठ सिक्नु पर्ने थियो । शान्ति र संविाधान लेखनका लागि तर फेरी बहुमतबाट जो प्रधानमन्त्री बनेपनि पहिलेका प्रधानमन्त्री जस्तै खाली नाम झुण्डाउन मात्रै प्रधानमन्त्री बन्ने नीयति भन्दा अक्र्राे हुन नसक्ने विश्लेसकहरु बताउादछन् ।
नारायण खड्का
भदौ ९

Saturday, August 13, 2011

खनालको कार्यकाल / फोटो झुन्ड्याउनु भन्दा वढ्दा उपलब्धि केहि भएन

नारायण खड्का / हाल काठमाडौा /साउन २८

गतसाल माघ २० गते प्रधानमन्त्री वनेका एमाले अध्यक्ष झलनाथ खनालले सात महिना नपुग्दै पदबाट राजीनामा दिने घोषणा गरेका छन् । स्वएं आफ्नै पार्टीका
नेताहरुलाई समेत गुमराहामा पारेर एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड संग गोप्य सातबुादे समहति पछि खनाल प्रधानमन्त्रीमा चुनिएका थिए । तर, प्रधानमन्त्री भएदेखिनै खनालले आफ्नै दल र प्रमुख प्रतिपक्ष नेपाली कााङग्रेस तथा संयुक्त मधेसी मोर्चाको तर्फबाट चर्काे आलोचना खेप्नु पर्‍यो । खासमा गोप्य ७
बुादे सहमति मध्यको, दुई दलबाट आलोपलो प्रधानमन्त्री वन्ने , सुरक्षासंग
सम्बन्धित मन्त्रालय माओवादीलाई दिने जस्ता विबादीत वुादाका कारण ‘पहिलो
गाासमै ढुङगा’ भनेझैं अनेक आरोह अवरोहको सामना गर्नु परको हो । ७
वुादेले धु्रर्बीकरण निम्त्याएको भन्दै नेपाली काङग्रेस सहित मधेसी मोर्चामा
आवद्ध दलहरुले पनि त्यसको खारेजीको माग गदै आएकाले उनी निकै अप्ठेरोमा
परेका हुन । यस्ता अनेकन किचलोका कारण प्रधानमन्त्री खनाल दुई महिना जति त मन्त्रीमन्डल विस्तार मै  अलमलीन पुगे । त्यसैले त खनाल नेतृत्वको सरकारको हनिमुन अवधि समेत सुखद रहेन । प्रधानमन्त्री भएको एक सय दिन पुग्दा समेत खनाललाई मन्त्रीमण्डल विस्तारकै चटारो रहि रह्यो । लामो समय गृहमन्त्री चयन गर्न नसक्दा देशका विभिन्न स्थानमा हत्या, हिंसा र अराजकता फैलीन पुग्यो भने
शान्ति सुरक्षाको अवस्था खस्किदै जाादा उनको चौतर्फी आलोचना सुरु
भईसकेको थियो ।

शान्ति र संविधान निर्माण कार्यालाई ‘अर्जुनदृष्टि’ बनाएर काम गर्ने जति नै
पटक दोहर्‍याउादै आएका भएपनि प्रधानमन्त्री खनाल नेतृत्वको सरकारले अहिले सम्म देखिने गरी सिन्को समेत भााच्न नसकेको प्रमुख प्रतिपक्षी काङग्रेस लगाएतका दलहरुले आरोप लगाएका छन् । प्रमुख तीन दलविच जेठ १४ गते भएको भद्र सहमति
अनुरुप माओवादी नेताहरुको दोहोरो सुरक्षा हटाउनु बाहेक खनाल नेतृत्वको
सरकारले केहि उपलव्धि हात पार्न सकेको छैन । त्यसमा पनि अझै सम्म
माओवादीको दोहोरो सुरक्षा हटाउने कार्य पनि पूर्ण रुपमा कार्यान्वयन हुन
सकेको छैन । बहुमतिय र गणितीय प्रक्रियाबाट नभै राष्ट्रिय सहमतिको
सरकारको रटान लगाउादै १६औ पटक सम्म व्यवस्थापिका संसदमा भएको मतदानमा पार्टीलाई तठष्ट राख्ने प्रमुख खेलाडी खनाल अनन्त: सोहि पद्धती मार्फत
प्रधानमन्त्री चुनिनु पनि अतेन्तै विरोधाभासपूर्ण कार्य थियो । पार्टीलाई
मतदानबाट रोक्ने उनको चट्टाने अडानकै कारण त्यसअघि मुलकले ७ महिना सम्म प्रधानमन्त्री विहिन अवस्थामा गुर्जन परेको थियो । जसका कारण प्रमुख दलहरु प्रधानमन्त्री चयन मै अल्झि पुगे भने शान्ति र संविधान निर्माणकार्य अवरुद्ध मात्रै
भएको थिएन मुलकका विभिन्न स्थानमा अराजता फैलिन पुगेको थियो ।


माओवादीको बुई चढेर प्रधानमन्त्री वनेका खनालाई उसैको रिमोट कन्ट्रोल
वनेको आरोप स्वएं उनकै दल एमालेका नेताहरुले समेत लागााउदै आएका छन् ।
खासमा एमाले भित्रै का नेपाल –ओली गुटले खनाल माथि पार्टीलाई
माओवादीको नीतिमा लतारेको, पार्टीको भावना विपरीत चलेको जस्ता आरोप
लगाउादै आएको छ ।  जसका कारण उनी पार्टीबाट मात्रै हैन पछिल्लो समयमा
खनाल सत्तासहयात्रीदल माओवादी समेतबाट एक्लीदै गएका छन् ।
माओवादीको कुटिल रणनीति वुझन नसकेर आफ्नै दलका वरिष्ट नेता माधब
कुमार नेपाल प्रधानमन्त्री छादा उनको राजीनामाका लागि माओवादीको स्वरमा
स्वर मिलाउने खनाल अहिले चौतर्फी घेरावन्दीमा परेका छन् । माओवादीलाई
जती नै खुसि तुल्याउने प्रयत्नमा लागेका भएपनि खनालले त्यो सफलता भने हात पार्न नसकेकाले राजीनामा दिने घोषण समेत गर्न वाध्य भएका हुन् । साउन २८ गतेको समय सिमा तोकेर शान्ति प्रक्रियामा ठोस उपलव्धि हुने आधार नवनेमा राजीनामा दिने घोषणा गरेतापनि अहिले आएर खनालले फेरी चरम कुर्सीमोह र दोधारे चरित्र देखाएका छन् । जसले उनको वोलि र व्यवहारमा एकरुपता नभएको
पुष्टि भएको छ ।

गत जेठ १४ गते प्रमुख तीन दलहरु विच भएको ५ बुादे सहमति अनुसार राजीनामा नगर्नुले पनि खनालको सत्ता लिप्सा स्पष्ट भएको छ । ५ बुादे सहमतिमा अवरुद्ध
शान्ति र संविधान निर्माण प्रक्रिया अगाडी वढाउनका लागि प्रधानमन्त्रीले
राजीनामा गर्ने स्पष्ट उल्लेख भएपनि देशलाई सुन्यताको अवस्थामा छोड्न नहुने
जस्ता अनेक वाहानावाजी  गदै पदबाट राजीनामा गर्न आनाकानी गर्नुले पनि उनको दोधारे नीति स्पष्ट भएको नेपाली कााङसका उपसभापति रामचन्द्र पौडेलको आरोप छ । गत असारमा आएको सरकारको नीति तथा कार्यक्रममा जनयुद्ध जस्ता शब्द
उल्लेख गर्नु , पार्टीको निर्णय विपरीत दोश्रो पटक माओवादी द्धारा सिफारीस
गरिएकाहरुलाई मन्त्रीमण्डलमा सामेल गर्नु जस्ता विबादमा फसेका खनालको अहिले सम्मको कार्यकाल समग्रमा निकै उतार चढावपूर्ण देखिएको छ । चरम वाम गठवन्धनबाट नेपालको ईतिहासमा ३४औं प्रधानमन्त्री वनेका खनालले प्रधानमन्त्री बन्नु भन्दा पहिला ‘आाफु तस्बीर झुण्ड्याउनलाई मात्र नजाने’ वताउाने गरेतापनि त्यो भन्दा वढ्दा केही नहुने छााट देखिएको प्रमुख प्रतिपक्षी
नेपाली काङग्रेसका युवा नेता गगन थापाको  ठम्याई छ ।

खनाल माओवादीको रिमोट कन्ट्रोल वन्न बाध्य हुनुले पनि उनको कार्यकाल
सुखद वन्न सकेन । अझ एमाले कै नेता केपी शर्मा ओलीले त प्रधानमन्त्री
खनालमाथि माओवादी भित्रको आगो आफ्नै दलमा झोसेको आरोप सहित
कारबाहि गर्नुपर्ने वताउादै आएका छन् । राप्रपा अध्यक्ष कमल थापाको शब्दमा
खनाल नेतृत्वको सरकार इतिहासमा कलंक सावित भएको छ । थापाले भने ‘शान्ति र
संविाधानको प्रमुख खड्को मानिएको माओवादी लडाकुको समायोजन,
वर्गिकरण तथा पुन:स्थापना बारेको कार्यलातिका पटक पटक प्रर्भावित हुादै
आएको छ । सेना समायोजन विशेष समितिका बैठकहरु निष्कर्ष विहिन बन्दै
जानुले पनि  त्यसको पुष्टि हुन्छ ’।  पछिल्लो समयमा माओवादीबाट शान्ति र
संविधानका लागि व्रेक थ्रु गर्ने निर्णय आउने आशाको प्रतिक्षामा वसेका
प्रधानमन्त्री खनालकालागी राजीनामा उनको स्वविबेक हो भन्ने माओवादी निर्णका कारण पनि अव उनको कार्यकाल लामो छैन भन्ने स्पष्ट संकेत मिल्नु हो । अवरुद्ध प्राय रहेको शान्ति र संविधानको मेलो अगाडी वढाउनका लागि जतीसक्यो चााडो अव प्रधानमन्त्री खनालको राजीनामाको विकल्प नदेखिएको एमाले महासचिबईस्वर पोख्रेलको धारणा रहनुले पनि अव खनालका दिनगन्ती सुरु भै सकेको आाकलन गर्न कठिन छैन ।