नारायण खड्का
२०७०/०८/१५
निर्वाचनको परिनाम र औचित्य आधिकारीक रुपमै समाप्त भैसक्दा पनि त्यसको चर्चा र परिचर्चा अझैं समाप्त भैसकेको छैन । जित्नेहरुको दम्भ अनि हार्नेहरुको घुर्की मसिनो बाट अलि जटिल हुंदै जान थालेको छ । आाफुलाइ हराउन धांदलि र षडेन्त्र भएको भन्दै कोहि निर्वाचन पुनराबलोकनको माग उछाल्दै छन् भने कोहि नयां जनादेश संगै राष्ट्रपति र उपराष्ट्रपति पनि नयां खोज्न बहस चर्काउंदै छन् ।
एकीकृत नेकपा माओवादी यतिखेर निहा खोज्न अनेक बखेडा खोज्दै छ । बिबादका बिषय खोतल्दै कसरी नेपाली कांग्रेसलाइ पागु बनाउन सकिन्छ भन्ने ध्याउन्नमै कसरत केन्द्रित गरिरहेको छ । किन कि उसले परिवर्तणको मुख्य एजेन्डा बोकेको दल आाफुमात्रै भएको जिकिरका साथ आाफु बिनाको दोस्रो संबिधानसभाको पहिलो बैठक जनअनुमोदित हुनै नसक्ने जस्ता ‘कू तर्क गरिरहेको छ । आाफुले सभासद नपठाउादा प्राप्त जनादेश कसरी सफल हुन्छ ? भन्ने किसिमबाट तर्क गर्नुले त्यहि आभास र संकेत गर्छ ।