Wednesday, February 22, 2012

स्यावास सर्वोच्च


नारायण खड्का / फागुन १० गते
मंगवारको अपरान्ह एकाएक देशभर एउटै कुराले महत्व पायो । सरकारका सूचना तथा संचारमन्त्री जयप्रकाश गुप्ता भ्रष्टचारको अभियोगमा जेल परे भन्ने । विद्युतिय संचारमाध्यमहरुमा धमाधम ब्रेकिङ न्यूज आउन थाल्यो । ईमेल इन्टरनेटका प्रयोग कर्ताहरु देखि फेसबुक र ट्विइटरका प्रयोग कर्ताहरुले पनि त्यहि कुरा लेखे । फागुन ९ गते सवौच्च अदालतले गरेको साहासिक फैसलापछि ईतिहासमै पहिलो पटक बाहालवालामन्त्री यसरी भ्रष्ट प्रमाणित र जेल चलान हुन पुगे । अदालतको फैसलापछि एकै छिन र एकै दिनमा मन्त्रीबाट भ्रष्ट सावित भएका थिए गुप्ता । दिनभर बाहालवाला मन्त्रीको हैसियतमा सुरक्षा पाएका गुप्तालाई मंगलबार अर्थात सोहि दिन नै सुरक्षाकर्मीले डिल्लिबजारको कारागारमा पुर्‍याए । यसरी एकै दिनमा झन्डावाल मन्त्री जस्तो सम्मानित पद र प्रतिष्ठाबाट कारबाहि स्वरुप दण्डावाल अर्थात प्रहरी खोरमा पुग्ने इतिहास पनि उनैले कायम गरे । एकाएक करोडपति बनेपछि उनि अख्तियार र जनताको शंकाको घेरामा थिए । किनकी, गुप्ताले पहिला आफनो सम्पप्ति विबरणमा केवल २२ हजार मात्रै ब्याङक व्यालेन्स रहेको देखाएका थिए । छोटो अवधिमा उनि एकाएक करोडपति बन्नु अस्वाभाविक नै थियो । खासमा, बहुरुपी गुप्ताका चरित्र पनि अनेकछन् । उनि के भएनन् पत्रकार,देखि नेपाली कांग्रेस नेता, तत्कालिन प्रधानमन्त्री गिरिजाप्रशाद कोईरालाका प्रेस सल्लाहाकार, मधेसी जनअधिकार फोरम नेपाल हुंदै फोरम गणतान्त्रिकका अध्यक्ष , राज्यमन्त्री सहित थप चारपटक मन्त्री बनिसकेका मधेसका मसिहा सम्म बन्ने खोजे । २०६८ सालको मध्यरातमा संविधानसभाको म्याद थप्ने क्रममा गुप्ता म्याद थपको विपक्षमा खरो रुपमा उत्रिएका थिए । उनले विराटनगरलाई छुट्टै राजधानी घोषणा गछौं भन्ने सम्मका विखण्डनबादी विचार ब्यक्त गरे । जेल चलान हुनुभन्दा केहि दिन पहिला सम्म पनि उनले त्यस्तै हुंकार गर्दै आएका थिए । मधेसको सम्बन्ध जुनसुकै बेला राजधानी संग टुट्न सक्छ भन्ने उनिनै थिए ।
यस्तै अभिव्यक्तिका कारण बाबुराम सरकारका रक्षा मन्त्री शरतसिंह भन्डारी पद मुक्त हुनुपरेको थियो । यसरी सरकारका बाहालवाला मन्त्रीहरुले अखण्ड राज्यको विरोध गदै हिड्न थालेपछि राष्ट्रपति डाक्टर रामबरण यादवले समेत प्रधामन्त्री बाबुरामलाई बोलाएर मनपरी बोल्दै मन्त्रीको बोलिमा लगाम लगाउन र कारबाहि गर्न भनेका थिए । तर पनि जेपि अर्थात आनन्दको त्यो दादागिरी रोकिएको थिएन । जुन समग्र देशवासीको भावना विपरीत थियो ।  पटक्कै चित्त बुझेको थिएन । आखिर यसरी कुर्लदै हिडेका गुप्ता सवौच्च अदालत बाट भ्रष्ट ठहर भए । सार्वजनिक पद र शक्तिको दुरुपयोग गरि अकुत कमाएको आरोपमा गुप्ताबाट सवौच्चोले ८४ लाख ९ हजार ९ सय २८ रुंपैया बराबरको बिगो र जरिवाना समेत तोकेको छ । यो संगै गुुप्ताले १ करोड ७० लाख रुंपैया तिर्नु पर्ने भएको छ । सवौच्चको फैसला संगै फोरम गणतान्त्रिक नेपालका अध्यक्ष समेत रहेका गुप्ता डिल्ली बजार स्थित सदरखोर प्रहरी खोरमा पुगेका छन् । उनको  २ करोड भन्दा बढी सम्पत्तिको स्रोत नखुलेको अख्तियारले दावी थियो । बाबुरामको काँध चढेर सूचना तथा सञ्चारमन्त्री बन्नु अगाडि उनी धेरै पटक मन्त्री बनिसकेका थिए । २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुंदा  प्रेस सल्लाहकार भएका उनी २०५४मा सञ्चार राज्यमन्त्री, २०५५ मा सञ्चारमन्त्री, २०५६ मा कृषी मन्त्री र अहिले २०५८ मा फेरी सञ्चार मन्त्री थिए । नेपाली राजनीतिमा बहुरंगी छवि बनाएर मधेशी राजनीतिको चतुर खेलाडीका रुपमा उदाएका गुप्ता २०४७ सालपछि नेपाली राजनीतिको केन्द्रमा स्थापित भएका पात्र हुन् । जेपी, अर्थात् जयप्रकाश प्रसाद गुप्ता । केही वर्ष पहिलेसम्म यिनको नाम जेपी आनन्द थियो । बहुरंगी राजनीतिक यात्रा पार गरेका जेपी गुप्ता प्रजातन्त्र पुर्नस्थापनापछि लामो समयसम्म  सत्ता र शक्तिमा थिए । नेपाली कांग्रेस संग निकट रहदै पत्रकारितामा आबद्ध रहेका जेपी गुप्ता २०४६ सालभन्दा अगाडीदेखि नै कांग्रेसका शीर्ष नेताहरुसंग राम्रो सम्बन्ध थियो । गुप्ता नेपाली कांग्रेसको केन्द्रीय सदस्य र प्रचार विभाग प्रमुख समेत बनेका थिए । 
गिरिजाप्रसाद कोईराला, शेरबहादूर देउवा, सूर्यबहादूर थापा र डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेलामा गुप्ता पटक पटक मन्त्री बने । बर्तमान गठबन्धन निर्माणमा समेत गुप्ताको महत्वपूर्ण भूमिका रहेको बताईन्छ । नेपाली कांग्रेसको राजनीतिबाट स्थापित भएर संविधानसभाको निर्वाचन अगाडी उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा सह अध्यक्षका रुपमा प्रवेश गरेका थिए गुप्ताले । यद्यपी गत जेठमा संविधानसभाको म्याद सकिनु भन्दा केही दिन अघिमात्रै गुप्ताले फोरम नेपाल फुटाएर मधेशी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेका थिए । हाल फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका गुप्ताले यसअघि पटक पटक अखण्ड राज्यको विरोधमा बोल्दै आएका थिए । तर त्यस्ता बहुरुपी पात्र सर्वोच्च अदालतमा मुद्धा दायर भएको ५ वर्षपछि बल्ल भ्रष्टाचारी प्रमाणित भए र जेल परेका हुन् ।
गुप्ता भ्रष्टाचारी प्रमाणित भएसंगै सभाषद र मन्त्री पदबाट मात्रै मुक्त भएका छैनन् अब उनि आजीवन उम्मेदवार बन्न पाउने छैनन् र सार्वजनिक पदधारण गर्न पाउने छैनन् । उनि केवल भोटर मात्रै रहने छन् । उनकै पार्टी फोरम गणतान्त्रिकले समेत गुप्तालाई अध्यक्ष पदबाट निलम्बित गरिसकेको छ । फागुन १० गते बसेको पार्टीको आकस्मिक बैठकले  सवौच्चको फैसलालाई सम्मान गर्दै त्यस्तो कदम उठाएको जनाउनु सकारात्मक हो । पछिल्लो समय मधेशी मोर्चालाई सत्ता राजनीतिमा हाबी बनाउन मूख्य भूमिका निर्वाह गरेका गुप्ता जेल चलान भएसंगै गठबन्धन सरकार, मधेशी मोर्चा र सामसामयिक राजनीति केहि तरगिंत भएको र पार्न खोजिएको छ । अति चतुर र तिकडम जानेका गुप्ताले सवौच्चको निर्णय लगतै प्रहरीको खोरमा जांदै गर्दा फेरी त्यस्तै प्रवृति प्रदशन गरे । मधेसको अधिकारका लागी खेलेको भुमिकाबाट रुष्ट बनेकाहरुले नै आंफुलाई फसाएको भन्ने सम्मको कू तर्क गरे । यस्तै तर्क सहित उनका समर्थकहरुले नारावाजी समेत गरे । उनको गृह जिल्लामा समेत केहि आन्दोलनका झिल्काहरु देखिएका छन् । तर त्यसको कुनै अर्थ छैन । किनकी, सम्मानित अदालतले गरेको निर्णय विरुद्ध यसरी सडकमा उत्रनु जायज हुंदैहोईन । आम सर्वसाधारणले बुझनैपर्छ कि , हाम्रा यस्तै कमिकमजोरीका कारण गुप्ता प्रवृति मौलाएको हो । यस्ता भ्रष्टहरुलाई तह नलागांउदा सम्म देश आर्थिक सम्बृद्धिमा जानै सक्दैन । हो ,सार्वजनिक पद र शक्तिको दुरुपयोग गरि अकुत कमाउनेहरु धेरै छन् , गुप्ता मात्रै छैनन् । बरु हामीले अब गर्ने आन्दोलन ती सबै भ्रष्टहरुलाई यसैगरी कठघरामा कोच भन्ने खालको हुनुपर्छ । अपराधिलाई उन्मुक्ति देऊ भनेर होईन । जेहोस सवौच्चले मंगलवार साहासिक र स्वागत योग्य फैसला गरेपछि न्यायालय प्रति आम नागरीकको विश्वास बढ्ेर गएको छ । बाहालवाला मन्त्रिलाई भ्रष्टचारी घोषणा गर्ने आंट देखाएर कानुन भन्दा माथि कोहि रहन सक्दैन भन्ने प्रमानित गरिदिएको छ । यसबाट भ्रष्टहरु त्रसिद मात्रै बनेका छैनन उनिहरुको भोग निन्द्रा हराई सकेको छ । सातोपुल्टो उडेको हुनुपर्छ । यसैगरी अन्य मुद्दाहरु पनि भटाभट फैसला गर्दै जानेहो भने न्यायालय प्रति नागरीकको विश्वास झनै  वढ्दै जाने छ । अनि भ्रष्टहरु पानीमुनी गएपनी जोगिने पाउने छैनन् भन्ने नजिर स्थापित हुने छ । त्यसोहुन सकेमा देश सम्बृद्धिको बाटोमा लम्कने छ ,अन्तराष्ट्रिय स्तरमा भ्रष्टचार बढि हुने देश भनेर बदनाम हुनुपर्ने छैन । तर त्यसका लागि कसैलाई काखा र पाखा गरिनु हुन्न । २०६४ सालमा गुप्तालाई उन्मुक्ति दिने विषेश अदालतका न्यायाधिसहरु माथि पनि कारबाहि हुनैपर्छ । सवौच्चको फैसला संगै न्यायालयपनि दोष रहित छैन भन्ने प्रर्माणित भैसकेको छ । त्यसैले न्यायालयभित्र शुद्धिकरण गर्नुपनि उत्तिकै जरुरी छ । अन्त्यमा बाहालवाला मन्त्रीलाई समेत दण्डित गर्न आंट देखाउने सवौच्चलाई मुरीमुरी धन्यबाद र स्वावास । अन्य गुप्ताहरुलाई पनि यसैगरी खोरमा कोच्ने गरि फैसला गर्दै जानु । स्यावास सवौच्च ।












Monday, February 6, 2012

वेयलकम कमरेड


नारायण खड्का÷माघ २३÷२०६८ काठमाडौं ।
ज्यानको बाजी लगाएर १० वर्षे शसस्त्र युद्धमा होमिएका माओवादीका लडाकुहरु ५ वर्षको शिविर वसाईपछि घर फर्किदै छन् । अहिले जुन रुपले प्रकृया अगाडि बढि रहेको छ यसमा कतै बाट अवरोध नभए अवको केहि दिनमा माओवादीकै शब्दमा उसका जनमुक्ति सेना आम नागरीकमा रुपान्तरण हुनेछन् । बन्दुक संगको सम्बन्ध र लामो नाता तोड्दै छन् । आमुल परिवर्तणको उच्च महत्वकांक्षा सहित युद्धमा होमिएका उनिहरु फेरी आफनै परिवेश र समाजमा घुलमिल हुनेछन् । व्यबसाय संचालन गरी दैनिक जिवन आपनका विविध उपाएहरुको खोजिमा जुट्ने छन् । विछोडिएका साथिसंगि,आफन्त एवं पृयजन संग सहकार्य र सहयात्रा थाल्ने छन् । जो आम अभिभावक र स्वएंम उनिहरुका लागि समेत खुसीको खबर हो । किनकि, नत नागरीकको जस्तो नत सैनिकको जस्तो पट्यार लाग्दो र अन्यौलपूर्ण अर्थहिन शिविर बसाईबाट उनिहरुले मुक्ति पाउंदैछन् । ठूलो त्यागका साथ ज्यान हत्केलामा राखेर युद्धमा होमिएका हजारौं लडाकुहरु जो अवकास रोजेर घर फिर्ता हुंदैछन् उनिहरुकै शब्दमा त्यो एउटा ठूलो त्याग हो । जारी शान्ति प्रकृया र संविधान निर्माणका लागि । हुनपनि शान्ति प्रकृयाको सबै भन्दा जटिल कार्य तिनै लडाकुहरुलाई नै मान्ने गरिएको थियो । त्यो अर्थमा उनिहरुको त्याग अनुकरनीय र उदाहरनीय मान्नै पर्छ । फेरी उनिहरु स्वएंमले पनि स्वीकार गरिसकेका छन् कि संधै आफनै देश भित्र आफनै दाजुभाई संग रगतको खोलो बग्ने लगाई लडेर कहिलै सकिदैन । हुनपनि हो , युद्ध लडेर कहिलै सकिदैन पनि । बन्दुकको भाषा बोलेर हुंदैन पनि । किनकि बन्दुक र गोलिको आंखा कान केहि हुंदैन । त्यसले व्यक्तिलाई जंगली,खुनी, पाखण्डी र अहंकारबादी बनाई दिन्छ । बाध्यबस उठ्ने हतियार र युद्धको कुरा पृथक मान्न सकिएला तर माओवादीको १० वर्षे द्धन्दले धेरैका अभिभावक र लालाबाला छिनेको छ । त्यसअर्थमा माओवादी अध्यक्ष प्रचण्ड सहि छन् किनकी उनले संधै भन्ने गर्छन हजारौंको बलीदानी र रगतबाट परिवर्तण सम्भव भएको हो । माओवादी र जनमुक्ति सेनाको सम्बन्ध पनि रग्तरंजित छ । सुराकी,सोशक, सामन्ती र फरक मत राख्नेहरुमाथि युद्धकालमा माओवादीले क्रुर, निर्दयि र अमानविय व्यबहार गरेकै हो । जनमुक्ति सेनाको विगत व्यक्तिहत्या, हिंसामा नै केन्द्रित थियो । विरोध गर्नेहरुको जिब्रो काट्ने, विभिन्न अंगप्रत्याङगहरु टुक्राटुर्का पार्ने निन्दनीय कार्य उनिहरुबाट भएकै हुन र त्यसको निर्देशक सर्वच्चो कमाण्डर हुनुको नाताले माओवादी अध्यक्ष प्रचण्ड नै थिए । जसले गरिवका छोराछोरीलाई हत्या र हिंसामा उतारे तर आफुं र आफना सन्तानलाई भने कहिलै युद्धको मोर्चामा उतारेनन् । त्यति लामो युद्धमा समेत आफन्त र सन्तान गुमाएनन् । उता माओवादीकै शब्दमा जनताका छोरा भने च्यरा र भुटेको मकै अझ भनौ भोकभोकै युद्ध लडे, डोकोमा शबहरु बोके, प्राण नजांदै आफना साथिहरुलाई खाल्डो खनेर गाड्न विवश भए, उपचार नपाएर त्यसै छटपटाई मरे । कति चेलिहरु माओवादी भएकै कारण प्रहरी र सेनाका व्यारेकहरुमा बालात्कृत भए र कितको सामुहिक नरसंहार भयो । जसको लेखाजोखा गरेर साध्य छैन । ती मध्य अहिले पनि धेरैको अवस्था अज्ञात छ व्यपत्ताकै सूचिमा छ । तर आफन्तहरुले अहिले सम्म पनि आशा मारेका छैनन् । छोराछोरी घर फर्किआउने अभिलाशा मनभरी संगालेर बांचिरहेका छन् । नत ज्यूंदा छन भन्न सक्ने अवस्था छ नत मरिसके भन्ने आधार नै । यस्तै अन्यौलताको भूमरीमा बांचिरहेका छन् वेपत्ता परिवारका आफन्तहरु । र त्यसको पिडा शब्दमा उन्न र उल्लेख गर्न असंभव छ ।  जो भोग्नेहरुलाई मात्रै राम्रो संग थांहा होला । अरुले त अनुभूति गर्ने मात्रै हो । केहि बेर टिठाउने र सान्त्वनाका शब्दवली मार्फत मलहम लगाउन प्रयास गर्ने मात्रै हो । त्यसैले अवकासमा रोजेर घर फर्किदै गरेका लडाकुहरुको अन्तरमन र  कुनामा कता कता चिमोटि रहेको होला,असजिलो महसुश भैरहेको होला । विगत सम्झेर पश्चाताप भैरहेको होला । किनकी युद्धकालमा एउटै घरका दाजु भाई समेत कोहि नेपाली सेना तथा प्रहरी र कोहि जनमुक्ति सेनामा सामेल भएका थिए । एकअर्काको विनाशमा उत्तिएका थिए । आफनै गांउघरकै दाजुभाईलाई प्रहरी,सेना र माओवादी भएकै कारण अनाहकमा हत्या गरेका थिए । विचरा उनिहरु त आदेश पालना गर्नेहरु मात्रै थिए , उनिहरुको कमान्डर त अरु कोहि नै थियो । जसले उनिहरुलाई हत्या गर्न उक्सायो जो गलत थियो । किनकी, हाम्रो प्रमुख दुष्मन गरिबी, अशिक्षा र वेरोजगारी नै हो भन्ने अहिले उनिहरुले बुझि सकेका छन् । र त उनिहरु आफनो गौरव पूर्ण गाथालाई ५ देखि ८ लाखमा सम्झौता गर्न विवश भए । अवकास रोजेर घर फर्कदै गरेका लडाकुहरुले नै अहिले आएर जनयुद्धको भावना र आदर्श  विपरितका गतिविधि भैरहेको बताएका छन् । उनिहरुले माओवादीकै उच्च नेतृत्वको असली अनुहार उदांगो भएको समेत भन्न भ्याएका छन् । नेतृत्वले आफुंहरुलाई दुरुपयोग गरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । स्वइच्छिक अवकास भनिएपनि आंफुहरुलाई समायोजनमा जान नदिएर बाध्यतात्मक अवकास रोज्न बाध्य पारिएको आरोप लगाएका छन् । तर पनि आंफुहरुले पार्टीको निर्देशन पालना गर्दै शान्ति र संविधानका लागि त्याग गरेको अवकास रोजेर शिविर छाड्दै गरेकाहरुले बताएका छन् । तर माघ २२ गते सुर्खेतको दशरथपुर स्थित छैंठौं डिभिजनमा भने अवकास रोजेका लडाकुहरुले हंगामा मच्चाए । कुटपिट र तोडफोडमा उत्रिए । कारण थियो, माओवादी पार्टी ले नै उनिहरु संग लेवि माग्नु । अवकास रोजेर विदा हुंदै गरेका लडाकुले पाएको रकम मध्य ४० देखि ५० प्रतिसत पार्टीलाई अनिवार्य बुझाउनु पर्ने भन्दै कमान्डरहरुले चेक खोस्न थालेपछि सुर्खेतमा झडप भएको थियो । यो झडप हुनुपूर्व नै नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले अवकास रोजेका लडाकुहरुलाई सरकारले दिएको रकम पार्टीले मागेको भन्दै विरोध गरेपछि तीन दलको बैठक नै निष्कर्ष विहिन बनेको थियो । जवाफमा माओवादी कै उपाध्यक्ष एवम प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यो विषयमा आंफुले जानकारी लिने आश्वासन दिनु परेको थियो भने अध्यक्ष प्रचण्डले अनभिज्ञता प्रकट गरेका थिए । अचम्मैको कुरा फलामे अनुशासन रहेको माओवादी पार्टीका अध्यक्ष प्रचण्डको निर्देशन विना पार्टी भित्र पात समेत हल्लदैन भन्ने यथार्थ कतै छिपेको छैन । पहिले पनि शिविर छोडिसकेका लडाकुहरुको नाममा करोडौं घोटाला गर्दै आएको भन्दै कांग्रेसका नेता महतले बारम्बर संदनमा आवाज उठाउंदै आएका थिए । त्यतिले पनि नपुगेर विचरा लडाकु जो प्राण नै बाजी थापेर लडे, संगठन निर्माणमा रातदिन लागे र माओवादीपार्टीलाई यहांसम्म ल्याईपु¥याए । तर आज तीनै जनमुक्ति सेनाले पाउने सानोतीनो रकमको आधा हिस्सा माग्नु ? त्यसमा पनि व्यक्तिगत सम्पक्ति नजोडने र नराख्ने आदर्श बोकेको पार्टीले सर्वहारा वर्गका छोराछोरीले पाएको रकममा गिद्धे नजर लगानु सुहाउं छ त ? १० वर्ष युद्ध र ५ वर्षको शिविर बसाई जोड्दा झन्डै १५ वर्ष जति ती लडाकुहरुले पार्टीको आचार संहिता र अनुशासन कहिलै उलंघन गरेका थिएनन् । उनिहरुलाई दिईएको ५ देखि ८ लाख त यो अवधिमा उनिहरुले घरमै बसेर कुटो कोदालो गरेको भएपनि मज्जाले जोड्न सक्थे । अझ उनिहरु मध्य कति  त पढ्दा पढ्दै ,व्यवसाय लत्याएर तथा हुंदाखांदाको जागिरे जीवन छोडेर युद्धमा होमिएका थिए । उनिहरुलाई झनै दोब्बर तेब्बर कमाउन सक्थे । प्रचण्ड स्वएमले चांहि काठमाडौंको लाजिमपाटको आलिसान दरबारमा मासिक एक लाख ३ हजारको घरभाडामा बस्न हुने तर किन पूर्व लडाकुहरुले १५ वर्षको अवधिमा पाएको त्यहि रकम पनि पार्टीलाई आधा बुझाउनु पर्ने ? संगठन चलाउनका लागि हो भने स्वइच्छाले जति दिन्छन् त्यति पो लानुपर्छ । तर आंफै तोकेर माग्नु र चेक नै जफत गर्नुले यति वर्ष माओवादीकै आदर्श बोकेका पूर्व लडाकुहरु उसैको विरुद्ध उत्रिन बाध्य भएको हुन । सुर्खेतमा तोडफोड र कुटपिटमा उत्रिएका अवकास रोजेका लडाकुहरुले यहि भनिरहेका छन् । जेहोस,माओवादी भित्रको यो आर्थिक अपारदर्सीतालाई नजरअन्दाज नगर्नेहो भने ऊ शान्ति र संविधानका लागि महत्वपूर्ण मानिएको मार्गमा अघि बढेकै छ । पार्टी भित्रै उपाध्यक्ष बैद्य पक्षको तिब्र बिरोधका बाबजुद अध्यक्ष प्रचण्डले साहास देखाएर  शिविरखाली गर्न लाग्नु स्वागत योग्य छ । त्यसमा पनि अनमिनद्धारा अयोग्यको विल्ला भिराई मागेका लडाकुहरुले निकै धैर्यता प्रर्दशन गर्नु स्रहानिय छ । स्वइच्छिक अवकास रोजेका लडाकुहरुले नेपालको जारी शान्ति र संविधान निर्माण कार्यमा सहयोग पुगोस भनेर त्याग गरेकोले उनिहरुको उच्च कदर हुनै पर्छ । अवकास रोजेकाहरुले सामान्य नागरीक झै जिवन यापन गर्न विभिन्न व्यवसाय र कुटेखेलो गर्ने वताएका छन् । त्यसैले समाजले उनिहरुको उचित कदर गर्न कञ्जुस्यांई गर्नु हुन्न । नेपालको ऐतिहासिक परिवर्तण र समाज रुपान्तरन गर्न माओवादी युद्ध र लडाकुको योगदान कंहि कतै जोडिएकै छ । त्यसैले विगतका तिता पलहरु भूलेस समाजमा घुलमिल गर्न उनिहरुलाई प्रेरणा दिनै पर्छ । किनकी, अत्यास लाग्दो युद्ध भोगेर आएका ती दिनहरुमा भएका गल्तिको पश्चाताप सबैलाई भएकै छ । पिठो पिस्दा घुन पनि पिसिए होलान त्यो अलग कुरा अन्यथा युद्धको ह्यांओभर अब उनिहरुमा पनि हटिसकेको छ । गरिबी, अशिक्षा र बेरोजगारी हाम्रा साझा र प्रमुख दुष्मन रैछन भन्ने कुरा पूर्व लडाकुहरुले समेत बोध गरिसकेका छन् । गल्ति स्वीकार गर्दै फेरी यस्तो गल्ति गर्दिन भन्नेहरु भन्दा ज्ञानी अर्काै हुनै सक्दैन । युवा अवस्थाको जोस र तातो रगतमा सबै व्यक्ति विद्रोही र क्रान्तिकारी स्वाभको नै हुन्छ । त्यसैले वेयलकम कमरेड ।