Wednesday, December 3, 2014

विश्वासको वातावरण नभत्काउँ ।



दाङ मंसिर १७

नेपालको राजनितिक अवस्था फेरी कठिन मोडमा आइपुगेको छ । संविधान पहिला कि राष्ट्रिय सहमतिको सरकार पहिला भन्ने सवाल अन्डा कि कुखुरा पहिला जस्तै बहसको विषय बन्दै छ । बाबुरामकै पालामा राष्ट्रिय सहमतिको सरकार गठनको कसरत नभएको होईन । त्यस्तै विफल प्रयास फेरी गर्न दुस्प्रयास गरिदै छ । संविधान निर्माणकालागि आम सहमति वा राष्ट्रिय सहमतिका कुरा अमुक कुरा हुन । कर्णपृय शब्दावलि भएपनि त्यो व्यवहारमा उतार्न कठिन छ । किनकि यसअघिका दलहरुका व्यवहारले त्यो प्रमानित गरिसकेको छ । फलामको च्यूरा चपाउने दुस्प्रयास गर्नुभन्दा सजिलो बाटो खुरु खुरु हिडे उत्तम हुन्छ ।

Saturday, October 18, 2014

संविधान पक्षधर सजग बन ।



असोज ३१
संबिधान बिद निलाम्बर आचार्यले माघ ८ मा नयाँ संबिधान संभव नभएको स्पष्ट सब्दमा भने । शुक्रबार  रेडियो तुलसीपुरसंगको संवादका क्रममा बिघठित संबिधान सभाका संबैधानिक समितिका सभापति समेत रहेका आचार्यले यस्तो बताउँदै गर्दा यो पंक्तिकारलाई समेत  असहज महसुश भएको थियो । तर यर्थाथ यहि हो । अहिले सम्म दलहरु जनतामाझ नपुगेको, मस्यौदा बनाउन समेत नलागेको हुँदा माघ ८ मा संबिधान आउने आधारहरु छैन । चमात्कार नै भए मात्रै हो । तर संभावना न्यून छ । छलछाम र ढाँटको राजनितिगर्नेहरुले माघ ८ को रटान जति लगाएपनि भयो । यहि हालतमा संबिधान निर्धारित मिति मै आउँदैन भन्नेमा नागरीकपनि सायद ढुक्क भएर बसेका छन् ।

Saturday, May 10, 2014

लुकिङ टु इन्डिया,टकिङ टु चाईना


२७ बैशाख दाङ
माघ २७ मा सुबिधाजनक बहुमतकासाथ प्रधानमन्त्री बनेका सुशील कोईराला नेतृत्वको सरकारले एक सय दिन पुरा गरेको छ । हनिमुन पिरियड भनिने यस कालमा सरकारको चालढाल अपेक्षा गरेमुताबिक चित्त बुझ्दो र प्रसंशागर्न लायक देखिएन । हुनत एक सय दनमै सरकारको आलोचना उपयुक्त हैन भन्ने तर्क सत्तासिनहरुको हुन सक्छ तर भावि दिनहरु उसले अख्तियार गर्ने सैलि र कदम कस्ता होलान भन्ने पूर्व अनुमान उसको चालढालबाट लगाउन भने सकिन्छ ।

Friday, May 2, 2014

फेन्टा एण्ड फेन्टासी



बैशाख २०

Fantasy को साब्दिक अर्थ  अंग्रजीमा the faculty or activity of imagining impossible or improbable things.। भन्ने नै हो । तर यतिबेला चर्काै गर्मीका बिच एकीकृत नेकपा माओवादी भित्र उग्रबामपन्थि र सुधारबादी बामपन्थिबिच प्राकृतिक दहि र महि हैन त्यसलाई छल्न आर्टिफिसियल नाटक मञ्चन भैरहेको छ । बहुराष्ट्रिय कम्पनिहरुका ‘फेन्टा’ खाने होडबाजि बिराटनगरको राष्ट्रिय सम्मेलनमा छताछुल्ल देखियो । पार्टीका नेताहरुबाटै वैचारिक विचलन उत्सर्गमा पुगेको, सांगठनिक संरचना र कार्यशैलीका कारण पार्टी ‘न हाँस न कौवा’को चालजस्तो बनेको टिप्पणी भईरहँदा सम्मेलन त्यतातिर केन्द्रित भएको महसुस दुरदराजका कार्यकर्ताहरुले गर्न सकेका छैनन् । निष्ठाबान कार्यकर्ता अहिले पनि दुई माओवादीको एकता खोजिरहेका छन् । अझ भनौं प्रचण्डले उद्घोस गरेझै एउटै कम्यूनिष्ट केन्द्र बनोस भन्ने अभिलासा राख्दछन् ।

Friday, April 25, 2014

कमरेड जय नेपाल



बैशाख १२ दाङ
कुरो पहिलो संबिधानसभा बिघटन हुने दिनको हो ।  सायद बिहान ८ बजेको थियो । स्थान सुशील कोईराला निवास महाराजगंजको हो । काँग्रेस महामन्त्री कृष्णप्रशाद सिटौला सुशीलसंगको संबादपछि बाहिर निस्किदै गर्दा उनको फोन बज्यो । कमरेड जय नेपाल । उनको संम्बोधन निकै सन्तुलित,सिष्ट र सालिन सुनिएको थियो ।  त्यो फोन लाजिम्पाटको लाल दरबार,कोटेश्वर या झल्लु निवास डल्लुबाटै आएको लख काटियो । कमरेड संगै बसेर असम्झदारी टुङ्गो लगाऊँ । कहाँ बस्ने ? बालुवाटार ? हैन हुँदैन वालाटारमा जति नै बालुवा पेलेपनि तेल निस्कने अवस्था छैन । सुनेका जति हामी वाल्ल प¥यौं । प्रचण्ड र बाबुरामलाई भूमिगत कालमै हेलिकप्टरमा सवार गराउन सफल अझ भनौं सिधै सिंहदरवार प्रबेश गराएका कृष्णको लिला बुझ्न सकिएन ।

Saturday, April 19, 2014

काँसी कि कुटी ?




बैशाख ५ दाङ
बाबुआमा हुन त नन्दप्रशाद र गंगामाया अधिकारी जस्तो । एक जना शाथिले भनेका शब्दहरु सापटि लिएर आजको अक्षर यात्रा शुरुगर्न मनलाग्यो । यि दम्पत्ति आफ्नो छोराका हत्याराहरुको पहिचान र दोषिमाथि प्रचलित कानुन बमोजिम कारबाहि हुनुपर्नै माग सहित झन्डै १ सय ८० दिन देखि नियमित अनसनमा छन् । उनीहरुकै अनसनका कारण आज देश दुनियामा खैलाबैला मच्चिएको छ । न्यायको मागगर्दै उनीहरुले थालेको आन्दोलनले नेपाल मात्रै हैन नर्वे र वेलायत सम्म हलचल पैदा भएको छ । नाना पाटेगरको एक निकै चर्चित डाईलग झै‘साला एक मच्छड् आद्मीको हिजडा बनादेता है’। जस्तै बनेको छ नन्द र गंगाको अनसन आज ।

Thursday, April 10, 2014

भदौमा खुर्सानी सुकाउने दुस्साहास नगर


नारायण खड्का
चैत २७

सरकार ‘स्लो मोसन’मा चलेको निश्चित हो । केबल पब्लिक कम्जप्सनकालागि‘ पपुलिस्ट’ कुरागर्ने अघिल्ला सरकार प्रमुखको तुलनामा यो सरकार ‘शंख्यकिरा’ कै गति मा छ । ‘प्रचण्ड’ले भनेझै देशलाई ‘सिंगापुर’ बनाउने र बाबुराम भट्टराईले भनेझै ‘भ्यागुतो’ जस्तै उफ्रने आर्थिक बृद्धिदर अवस्य यो सरकाबाट अपेक्षा गर्न सकिदैंन । बदलामा पेट्रोलियम पदार्थको भारी मुल्यबृद्धि गरेर ‘मह’को आसमा बसेका जनतालाई यो सरकारले‘चिराँईतो’को तितो झोल घुटाइ दिएको सत्य हो । यो यथार्थ हो कि, सरकार ‘सर्प’ जस्तै घ्रिर्सदै छ । टन्न ‘मुसा’ खाएर अघाएसरी ।