Tuesday, July 24, 2012

गल्ति स्वीकार्नु नै ठूलो शिक्षा


नारायण खड्का
२०६९ साउन १०

पार्टीको भावी कार्यदिशा तय गर्न डाकिएको एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठकले अनेक सवालहरु खडा गरेको छ । पार्टी विभाजनपछि निराश कार्यकर्तामा उत्साहा भर्न र भावी रणनीति तय गर्ने उद्देश्यले विस्तारित बैठक गरिएको भएपनि कुनै नयां कार्यदिशा तय गर्न सकेन । बरु पार्टी भित्रको भ्रष्टचार र आपसी गुट उपगुट तथा कुण्ठा मात्रै छताछुल्ल भए ।  पूर्वलडाकुले शिविरभित्र र लडाकुका नाममा भएको भ्रष्टाचारबारे आवाज वुलन्द पारे र त्यसको छानबिनगर्न भन्दै सचिव पोस्टबहादुर बोगटीको नेतृत्वमा छानबिन समिति पनि गठन भयो । समिति गठन मार्फत विरोधका स्वर थामथुम पार्न खोजे पनि भावि दिनमा माओवादीभित्र यो विषयले थप चर्को रुप लिने निश्चित छ । माओवादी भित्रको अनियमितताको यो विवाद टरेको नभै तत्कालकालागि सरेको मात्रै हो ।

अनमिनको प्रमाणीकरणमा नपरेका लडाकुहरको समूह बहिर्गमित जनमुक्ति सेना, नेपालले विस्तारित बैठक चलिरहंदा आपसमा पैसा उठाएर नेताहरको अगाडि थुपार्दै नेतृत्वको द्रव्यमोहको चर्को व्यंग्य कसे । शिविरभित्र व्यापक अनियमितता  भएको आज उनीहरुले नै वताइरहंदा सर्पको खुट्टा सर्पले मात्रै देख्छ भन्ने उक्ति चरितार्थ भएको छ । त्यो पैसा कमान्डर मात्र नभएर पार्टी नेतृत्वसम्मै पुगेको आरोप छ । हुनपनि माओवादीको नेतृत्व देखि तल्ला कार्यकर्ताहरुको जिवन सैलि अतेन्तै विलासि देखिन्छ । स्थानिय ठेक्कापट्टा देखि केन्द्र सम्म ठूलो लगानी रहेका क्षेत्रमा उनीहरुकै हालिमुहाली देखिन्छ । २०६४ चैत २८ को संविधानसभाको निर्वाचन पछि सबैभन्दा ठूलो दलको हैसियतमा माओवादी पुगेपछि सत्तामा करिव करिव उसैको हालिमुहाली रहंदै आएको छ । भलै यो अवधिमा नेकपा एमालेको नेतृत्वमा दुईवटा सरकार गठन भए । चार वर्ष यता नेपाली कांग्रेस सत्ताको नेतृत्ववाट विमुख छ । यसको अर्थ कांग्रेसको नेतृत्वले विगतमा अनियमितता गरेन भन्ने हुंदै होईन । आस्चर्य यत्ति हो कि मितव्ययिताको कुरा फलाक्ने र सर्वहारा वर्गको नेता हौं भन्नेहरको चरित्र कांग्रेस र एमालेको भन्दा पनि व्यापक द्रव्य पिपासु देखियो ।
२०६६ पुसमा बहिर्गमनमा परेका ४ हजार ८ मध्ये अधिकांश पूर्व लडाकु आन्दोलनमा उत्रिनुको कारण यहि थियो । ५ देखि ८ लाख रुपैयाँ लिएर स्वैच्छिक अवकाशमा गएका र शिविरभित्र समायोजन रोजेर बसेका पूर्वलडाकुसमेत विरोधमा देखिएपछि नेतृत्वको द्रव्यमोह कति सम्म रहेछ भन्ने छताछुल्ल भएको छ । अनमिनले दर्ता गरेका १९ हजार ६ सय २ लडाकुमध्ये पहिलो वर्गीकरणमा करिब साढे २४ सय अनुपस्थित भएदेखि नै अनियमितता भयो भनेर प्रतिपक्षीहरुले चर्काे आवाज उठाएकै थिए । सरसर्ती हेर्दा पनि गायब लडाकुका नाममा एक अर्बभन्दा बढी अनियमितता भएको कांग्रेस नेता डाक्टर रामशरण महतले त्यति बेला नै भनेका थिए । त्यसबाहेक शिविरभित्रै रहेकाको बन्दोबस्तीमा पनि तत्कालीन कमान्डरहरले ठूलो आथिर्क अनियमितता गरेको पूर्वलडाकुहरुले भनिरहेका छन् । अनियमितताको अर्काे प्रकरण त्यतिबेला खुल्यो, जतिबेला कुनै समय लडाकुबाट निकालेर योङ कम्युनिस्ट लिग (वाईसीएल) मा लगिएका युवाले आफूहरुले पनि शिविरभित्र लडाकुसरह सुविधा पाउनुपर्ने भन्दै आन्दोलन सुरु गरे । पूर्वलडाकु पृष्ठभूमिका वाईसीएलका युवाले २०६८ मंसिरमा आफूहरुलाई पनि आथिर्क प्याकेज उपलब्ध गराउन माग गर्दै आन्दोलन नै गर्नुवाट अनियमितता भएको प्रर्माणित हुन्छ । वाईसीएलका सदस्यले लडाकुबाट मासिक एक हजारका दरले उठाइएको रकमबारे पनि प्रश्न गरेका छन् । शिविरभित्रको अर्को अनियमितताको प्रकरण अवकाश रोजेका लडाकुको बिदाइका बेला बाहिर आयो । जव कमान्डरहरले लडाकुवाट अवकाशबापत पाउने ५ देखि ८ लाखको आधा रकम लेबि भन्दै खोस्न थाले । शिविरभित्रको अनियमितताको अर्काे रुप अवकाश रोजेपछि बाहिरिएका ७ मुख्य र २१ सहायक शिविरलाई १५ वटामा सीमित गर्दापनि देखा पर्‍यो ।  किनकि सवारी साधनलगायत थुप्रै भौतिक सामग्री तत्कालिन कमान्डर आफंैले धमाधम लाग्ने विषयमा शिविर भित्रै कुटाकुट र हानथापनै चलेको थियो । भ्रष्टचार प्रकरण र त्यसको विरुद्धमा व्यापक विरोध उठेपछि पूर्व भइसकेका १२ लडाकु कमान्डरले विस्तारि वैठककै त्र    mममा बिहीबार राजीनामा समेत दिनुपरेको थियो । यद्यपि छानविनमा सहयोग पुगोस भनेर आंफुहरुले राजीनामा दिएको उनीहरुको भनाई छ । दुधको सांक्छि विरालो भन्ने उक्ति झै पार्टी नेतृत्वकै छानविन समतिले आंफ्नै हेटक्याटर र पूर्व कमान्डरको मुद्दा कत्तिको न्यायिक अर्थात तथ्य सत्य रुपमा छानविन गर्ने हो त्यो भने भावि दिनहरुमा नै छर्लङ्ग हुने छ । अनियमितताको आवाज उठाउने कतिपय लडाकुलाई विस्तारित बैठकभित्र पस्नै नदिन रातारात प्रवेश पास परिवर्तन गरेर अर्को बनाउने खेलपनि नभएको होईन तर पनि त्यो छिप्न सकेन । त्यसो त राजीनामा दिएका मध्य सबै भ्रष्ट छन भन्नु गलत हो तर अधिकांसले ठूलो अनियमितता गरेको आरोप उनीहरुकै साथिहरुले लगाईरहंदा त्यसको निष्पक्ष छानविन हुन जरुरी छ । किनकि त्यो देशको ढुकुटवाट वांडिएको रकम हो । पूर्व लडाकुमात्रै होईन सबै नागरीकले अनियमितताको पारदर्षी जवाफ पाउनु पर्छ । माग्नु पर्छ । 



माओवादी जनयुद्ध धनयुद्ध वनेको स्वएंम माओवादीका असन्तुष्ट लडाकुहरुले आज भनिरहेका छन् । लडाकुहरुले आपसमा रकम संकलन गरी कुनै वेलाका सर्वाेच्च कमाण्डर प्रचण्डकै अगाडि थुपार्नुको कारण त्यहि थियो । शान्ति र संविधान आफनो कार्यनीति भएको दाबीगर्ने पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डाक्टर वावुराम भट्टराई नै जेठ १४ मा संविधानसभा अवसान गराउन सहयोगि वनेको भन्दै अनमिनको प्रमाणिकरणमा नपरेका तथा अयोग्य घोषणा गरिमागेका पूर्व लडाकुहरुले १० वर्ष युद्ध लडेका हामी अयोग्य छैनौं बरु संविधान दिन नसक्ने तिमि नै अयोग्य हौं भन्दै नेतृत्वको आलोचना समेत गरे । संविधानसभाको औचित्यहिन अवसानको भागिदार धेर थोर सवै दलहरुमा जान्छ तर सरकारको नेतृत्वकर्ता तथा विघटित संविधानसभाको ठूलो दलका हैसियतले त्यसको सबैभन्दा धेरै दोष माओवादीलाई नै लाग्नु अन्यथा होईन । लडाकुहरुले आफनै नेतृत्वलाई भनिरहेका कुरा आम देशवासीको सेन्टिमेन्टसंग गांसिएको छ ।
   
सम्पत्ति पार्टीकरण, प्रचण्डले लाजिमपाटको वसाई छाड्ने र पूर्व प्रधानमन्त्रीको हैसियतले सरकारद्धारा उपलब्ध सेवामात्रै प्रयोग गर्ने,महंगो गाडी छाड्ने सहितका घोषणाहरु समेत गरिए । शिर्ष नेताहरु कहां प्राय नेता कार्यकर्ता मात्रै होईन देश विदेशका कुटनीतिक नियोगका प्रमुखहरु वाक्लै आवात जावत गर्छन । त्यसैले पार्किङको सुविधासहित आवास र चढ्नलाई साधन उपलब्ध गराउनु अन्यथा मान्न मिल्दैन । उपयुक्त सेवा सुविधा उपभोग अन्यथा होईन । किनकि दरिद्र मानसिकताले केहि हुंदैन । कथित मुस्ताङ म्याक्स र मितव्ययिताको कुरा गर्नै वावुरामको आलोचना आज हेरे पुग्छ । २०६८ भदौ ११ मा प्रधानमन्त्री हुंदै गर्दा उनले नै भनेका थिए कि शान्ति र संविधानको यात्रामा प्रगती नभए मेरो कार्यकाल इतिहासकै अल्पकालिन हुने छ । शान्ति र संविधानको यात्राले गतिनलिए एक मिनेट पनि सत्तामा नवस्ने पपुलिष्ट कुरा गरेका तीनै प्रधानमन्त्री आज जगत हसांएर पद त्याग्न मानिरहेका छैनन् । उनले कामै गरेनन् भन्न खोजेको हुंदै हौईन । सेना समायोजनको प्रकृया तथा शिविर सरकारको मातहतमा ल्याउने काम उनकै पालामा सफल हुने वातावरण तय भएको छ । तर सबै भन्दा महत्वपूर्ण सवाल वहुप्रतिक्षित नयां संविधान विनानै संविधानसभा अवसान गराउन उनी लागे । आज वावुराम र प्रचण्डले चाहाने हो भने केहि घन्टामै राष्ट्रिय सहमति कायम हुन सक्छ । माओवादी नेतृत्व किन त्यो चाहि रहेको छैन ? सर्वसाधारण नागरीक बुझन सकिरहेका छैनन् । नागरीकले खोजेको संविधान हो नकि नेताहरुले सेवा सुविधा उपभोग नगरुन भन्न खोजेका छैनन् । लाजिमपाट मै बस प्राडो नै चढ तर देशको डेडलक तोड संविधान वनाउने मार्ग प्रशस्त गर । गुट उपगुट तथा दलिय स्वार्थ भन्दा माथि उठेर देश र देशवासीका खातिर योगदान गर । नागरीकको चाहाना यत्ति हो । संविधानसभाको पुन:स्थापना कि चुनाव, चुनाव भए संविधानसभा, संसद र स्थानिय निकाय के को गर्ने ? संविधानसभाको चुनाव गर्दा ६०१ कै गर्ने कि संख्या घटाएर गर्ने यावत सवालहरुमा निकास निकाल्न दलहरुका बीचमा राष्ट्रिय सहमति अपरिहार्य छ । भंग भएको संविधानसभाले ९० प्रतिसत कुराहरुमा सहमति कायम गरिसको छ । जेठ २ गते मोटामोटी सबै विषयहरुमा सहमति कायम भैसकेको पनि थियो तर त्यो उल्टाउन सत्तासिन माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सक्रिय भएको प्रतिपक्षीदलहरु भनिरहेका छन् । ठूलो दलहुनेको नाताले र सरकारको नेतृत्व गरेरहेको नाताले यो अविस्वास घटाउन माओवादी नेतृत्व सक्रिय हुनुपर्छ । 

चौथो दिन शुक्रवार वैठकस्थलमै नेता कार्यकर्ता विच कुर्ची ठोका ठोक र हातहालामाल सम्मको स्थिति सृजना हुनु दुभाग्य नै थियो ।  कुनैपनि गुट–उपगुट रहन नदिने उदघोषका साथ शुरु सातौं विस्तारित बैठकमा शुक्रवारको परिदृष्यले छताछुल्ल प्रमाणित गरिदियो कि गुट उपगुट ध्वस्त हैन बरु झनै मौलाउंदो छ । अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वावुराम भट्टराईको बीचमा मात्रै होईन अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठका आ–आफनै गुटउपगुट भएको छरप्रष्टै भए ।
मोहन बैद्यले पार्टी फुटाएको ठिक एक महिना पछि विस्तारित बैठकमा पार्टी फोड्नेहरुलाई एकता र अनुशासन देखाउन सक्नुपथ्र्याे ।  निराश कार्यकर्ताहरुमा कुनै गुट उपगुट छैन र पार्टी एक ढिक्का भएर अघि वढ्छ भन्ने शन्देस प्रवाह गर्नसक्नुपथ्र्याै । किनकि माओवादी बाट फुटेको  नेकपा –माओवादीमा अधिकांस युद्ध हांकेका पुराना नेता र कार्यकर्ता रहेको वताईन्छ । संस्थापनलाई नव शंसोधनवादी र क्रान्तिकारी धार विपरीत चलेको आरोप सहति पार्टी फोडेका बैद्यहरु संगै धेरै असन्तुष्ट लडाकुहरु रहेको दाबी उनीहरुको छ । 

तर जे होस विस्तारित बैठकले झन्डै दुई दशकपछि पहिलो पटक एमाओवादीको महाधिवेशन गर्ने निर्णय गर्नु सकारात्क छ । सांच्किै भनिए जस्तै महाधिवेशन सम्भव भएमा माओवादी कांग्रेस र एमाले झै बहुपदिय र लोकतान्त्रिक पद्धतिमा प्रवेश गर्ने छ । २०४८ सालदेखि पार्टीको नेतृत्व सम्हाल्दै आएका प्रचण्डले यसअघि पनि पटक–पटक महाधिवेसन घोषणा नगरेका भने होईनन् । तर त्यो हुन सकेन । यसपटक माघमा गर्ने भनिएको महाधिवेशनका लागि केन्द्रिय समिति, स्थायि समिति र पोलिटव्यूरो विघटन समेत गरिएको छ । केन्द्रिय समितिलाई रुपान्तरण गरी महाधिवेशन आयोजक समिति निर्माण गर्ने तथा अध्यक्ष, उपाध्यक्ष र सचिव रहेको  केन्दीय कार्यालय बनाउने निर्णय गरिसकेको छ । राजधानीको भृकुटि मण्डपमा साउन २ देखि ६ सम्म चलेको विस्तारित बैठकको अन्तिम दिन शनिवार अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन भएपछि यो पटक महाधिवेशन हुन्छ कि भन्ने विश्वास वढेको कार्यकर्ताहरुले विश्वास पनि गरेका छन् । अध्यक्ष प्रचण्ड द्धारा प्रस्तुत ३८ पृष्ठ लामो पारित दस्तावेजले आगामी माघमा सम्पन्न हुने महाधिवेशनमा पूर्णता पाउने विश्वास गरिएको छ । जसमा प्रचण्डले आंफुले नेतृत्व गर्दा कटुवाल प्रकरण देखि राष्ट्रिय स्वाधिनता, नागरीक सर्वोच्चता, वावुरामले भारत भ्रमणका क्रममा गरेको विप्पा सम्झौता, अन्तराष्ट्रिय विमान स्थलको स्तर उन्नतिका नाममा भारतलाई जिम्मा दिने कुरा र सरकारको कार्यसैली प्रति असन्तुष्टि जनाएका छन् । आत्म समिक्षा गर्नु र गल्ति स्वीकारगर्नु माहनता हो । किनकि गल्ति स्वीकार गरेमा मात्रै पाठ सिक्न सकिन्छ ।



Friday, July 6, 2012

उल्टो खोला बग्न संभव छैन ।

नारायण खड्का

२०६९ असार २१
मुख्यगरि प्रचण्ड निवास लाजिमपाट देखि सुशील निवास महाराजगंज, झलनाथ निवास डल्लुको गोलचक्करमा राजनीति रुमल्लिएको छ । उद्योगि व्यवसायि र नीजि संगसंगठनहरु पूर्णवजेका लागि उल्लेखित स्थानहरुमा दौडधुप गरिरहेको देखेर सत्तापक्षधरहरु भने वालुवाटारमा मस्त खित्का छोडि हांसिरहेका छन् । तर प्रतिपक्षि भने उनीहरुको यो हांसो विधि र विधान विपरित भएको तर्कगर्दै फगत कोलाहल मात्रै भनिरहेका छन् । त्यसैले राष्ट्रका अभिभावकिय भूमिकामा रहेका राष्ट्रपति निवास सितल निवासमा पक्ष र विपक्ष दुवैको वाक्लै दौडधुप वढेको छ । राजनीतिक सहमति गर्नुको साटो बालुवाटारमा वालुवा पेलेर तेल निकाल्ने कसरतमा सत्तापक्षधरहरुले समय व्यथित गरिरहंदा वजारमा भने तेलको अभाव कायमै छ । घुसखोरी र कालोवजारी मौलाएको छ । किसानहरु एक वोरा रासायनिक मलका लागि मरिहत्ते गरिरहेका छन् । पूर्ण वजेट र आंशिक वजेको मुद्दामा झन्डै एक महिनायता देश रुमल्लिरहेको समयमा राष्ट्रपतिलाई पक्ष र विपक्षमा उभ्याउने ठूलै दुस्साहास भैरहेको छ । उक्साउने , गलाउने कार्यजोडतोडले भैरंदा जानेरै नजानेर विवादमा तान्न खेल भैरहेको छ ।  जेठ २६को खुल्ला मंचको उपस्थितिपछि प्रतिपक्षिहरु आन्दोलनगर्न मानसिक रुपमै हिचकिचाए र कालोझन्डा वाहेक घोषित आन्दोलनहरु मथ्थर हुंदै छ ।
धान रोप्ने वेलामा किसानहरु रासायनिक मलका लागि भौंतारिरहंदा विपी, पुष्पलाल तथा मदन र माओका चेलाहौं भन्ने प्रतिपक्षिहरुले किसानको मर्का वुझेनन् । अझ भनौं सर्वसाधारण नागरिकको जनजिविका र किसानका सवालहरुलाई उठाउन सकेनन् । मल उपलब्ध गराउन आन्दोलन केन्द्रित गर्नुभन्दा प्रधानमन्त्रीलाई गलहत्याउने खेलमै केन्द्रित वनेपछि आन्दोलनले अपेक्षाकृत उचाई लिन सकेन । वर्षाको मौसम र खेतिपातिको समयमा खेतमा काम नगरे वर्षभरी भोकै वस्नुपर्ने अवस्था उत्पन्न हुन्छ । देश भोकमरीको चपटेमा पर्छ । त्यसैले आन्दोलनमा खांटि कार्यकर्ता वाहेक चाहेरै पनि समर्थकहरु काम छोडेर सडकमा आउन सक्ने समय होईन यो । सत्तापक्षले नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा –माओवादी सहितको आन्दोलनलाई वेमौसमी वाजा भनि टिप्पनी गर्नुको कारण पनि त्यहि हो ।


चारवर्ष सम्म संविधानसभावाट संविधान दिन नसकेपनि दलहरु फेरी पनि छलफलमा केन्द्रित बनिरहेका छन् । राजनीतिक डेडलक तोड्नकै लागि राष्ट्रिय सहमति आवश्येक रहेको बताईरहेका छन् । तर जटिलता चिर्ने उपाए र निकासका लागि प्रस्थानविन्दु फेलापार्न अझैं सफल हुन नसकेपनि दलहरुको विकल्प भने छैन । नेताहरु व्यस्त बनिरहेको समयमा पूर्वराजा ज्ञानेन्द्र शाह भने असार १७ मा सुटुक्क लुम्विनि सहितका जिल्लाहरुमा धार्मिक भ्रमणका नाममा निस्किए । हुनत धर्मको नाममा जनमत बुझने र अतेन्तै विवादास्पत अभिव्यक्ति दिएर दलहरुको नाडि छाम्ने काममा उनी तल्लिन वन्न थालेको गत सालदेखि नै हो । तर शाह यो पटक भने अलि खुलस्त भए । राजनीतिक चलखेलका दुष्ट्रिलेपनि अलि कडा रुपमा प्रस्तुत भए । संविधानसभाको अवसानपछि दलहरुबीच चुलिदो अविस्वास र  लम्विदो संक्रमणकालमा असन्तुष्टि पोखे । हुनत लोकतन्त्रमा यो अधिकार सबै नागरिकमा छ । अहिले पूर्वराजापनि सामान्य नागरिकको हैसियतमा नै छन् । तर कुनैवेलाको देशकै प्रमुख शक्ति र झन्डै अढाईसय वर्ष राजकाज गरेको संस्थाको एउटा प्रमुख खेलाडिलाई सामान्य नागरिकको हैसियतले मात्रै मुल्याङकन गरिरहनु घातक हुनसक्छ । राजनीतिक दलहरुको अक्रमन्यताकै कारण आम नागरिकपनि वाक्क दिक्क छन् । संविधानसभा र व्यवस्थापिकापनि नरहेको अवस्थामा विधि र विधानको साहारा भन्दापनि आम सहमति गर्न दलहरु कृयासिल भएपनि सफल नहुंदा अन्यौलता र जनआक्रोस वढेको मौका छोपि पूर्वराजा मौकामा चौका ठोक्ने उदेस्यले कथित धार्मिक भ्रमणका नाममा निस्किएको तथ्य कतै छिपेको छैन । भैरहवामा उनले कटाक्ष सैलिमा धम्किपूर्ण अभिव्यक्ति दिएपनि अहिलेको अवस्थामा त्यसको कुनै तुक भने देखिन्न । तर पूर्वराजामा देखिएको विश्वास र आंट भने दलहरुबीचको सत्ता तथा स्वार्थ केन्द्रित राजनीतिको उपज हो भन्दा अतिसययुक्ति नहोला ।


देश अन्यौलपूर्ण गोलचक्करमा फसेको मौकामा स्वार्थपुरागर्न धमिलो पानिमा माछामार्नेहरुको जमात ठूलै छ । पूर्वराजा मात्रै होईन दलभित्रका केहि पात्रका गतिविधि पनि त्यस्तै देखिन थालेका छन् । सुटुक्क पूर्वराजालाई भेटगर्ने र उक्साउनेहरु पनि उत्तिकै छन् । यो अभ्यास लोकतन्त्रका लागि खतरनाक हुनसक्छ । सर्वहारा वर्गको उत्थान गर्ने नाममा भएको दशवर्ष लामो जनयुद्ध पनि अनन्त:धन आर्जन गर्नकै लागि रहेछ भन्ने छताछुल्ल भैसकेको छ । कांग्रेस र एमाले भित्रका भ्रष्ट छवि वनाएका नेताहरु भन्दा कम भड्किलो छैन उनीहरुको जिवनसैलि । माओवादीका स्थानिय कार्यकर्ता देखि केन्द्रिय नेताहरुको जिवनसैली नियाल्दा त्यो प्रमाणित हुन्छ । यो कुरा असन्तुष्ट लडाकुहरु नै आज भनिरहेका छन् । जनताको दुहाई दिएर पूर्वराजापनि आज त्यहि भनिरहेका छन् । तर जनताकै नाममा लादिएको २ सय४०वर्षे शाषण कस्तो थियो ? त्यसका साक्छि जनतालाई त्यो भनिरहनुपर्दैन । त्यतिलामो अवधिमा सांच्चिनै विकासगर्न खोजेको भए नेपाल अहिले सम्बृधिको पथमा लम्किसकेको हुनेथियो । तर २००७ साल देखि २०४६ र २०६२/२०६३ मा भएका जनआन्दोलन र परिवर्तनपछि पनि जनता र देशको हालत उस्तै छ । जनजिविकामा कुनै सुधार आउन सकेन । वर्षायाममा सहर र ग्रामिण भेग तथा पहाडि प्रदेशहरुको सम्वन्धविच्छेद जस्तै हुन्छ । २०४६ सालको परिवर्तनपछि नक्सा कोरिएका सडकहरुमा थप मर्मत र सुधार गर्न ध्यान नदिदा यो स्थिति उत्पन्न भएको हो । मंसिर ७ मा संविधानसभाको चुनाव घोषणा गरेका वावुरामलाई नै चुनाव प्रचारका लागि दुरदराज सम्म मुस्ताङम्याक्स कुदाउन हम्मेहम्मे पर्नेछ । विधि र विधान नपुर्‍याई घोषणा गरिएको त्यो निर्वाचन हुनेमा आशंका पनि उत्तिकै व्याप्त त छंदैछन् पुरानै मुद्दामा मतमाग्नु सजिलो पनि छैन । जनताको नाममा आन्दोलनगर्ने र सत्तामा पुगेपछि आफनै सम्वृधिमात्रै ध्यान दिने गरेका नेताहरु देखेर जनता मुर्मुरिएको समयमा गांउपस्न सजिलो अवस्य छैन ।कुनै समय जनताको मतकै बलमा गांउवाट चप्पल लगाएर काठमाडौं छिरेका पूर्व मन्त्री र सभासदहरुको जिवनसैलि देख्दा जिव्रो टोक्नुपर्ने अवस्था छ । एमाले नेता केपी वलीले माआवादीले कम्युनिष्ट आन्दोलन नभै कमाउनिष्ट आन्दोलन मात्रै गरेको आरोप लगाएको भएपनि नेकपा एमाले पनि यो वाट अछुतो छ भन्नु मजाक जस्तै हो । किनकि एमाले होकि एनजियो पार्टी हो ? बुझन मुस्किल छ । सर्वहारावर्गको कुरा गरेर नथाक्ने कम्युनिष्टहरुको जिवनसैलि सबैभन्दा भड्किलो र रवाफिलो छ । लोकतान्त्रिक समाजवादको कुरागरेर नथाक्ने र विपिको आदर्श वोकेको नेपाली कांग्रेस झन यस्तोवाट अछुतो छ भन्नु हांस्यास्पद हुनेछ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको शब्दमा भन्ने हो भने अहिले भ्रष्ट र यथास्थितिवादी भनिएका ती पुराना पार्टीहरुलाई उछिन्नेहरु भने एकीकृत नेकपा माओवादी भित्रै छन् ।
२०६२/२०६३को वशन्त क्रान्तिपछि जस्ता आश्वासन वांडिएको थियो जनतामा जुन अपेक्षा पलाएको थियो त्यो पुरागर्ने आधार संविधानसभा नै थियो । चार वर्षको अवधिमा पनि संविधानसभाले नयां संविधान दिन सकेन । नेताहरु उपलव्धि संस्थागत गर्नतिर नलागि झिनामसिना स्वार्थमा अल्झिरहे । राष्ट्र र जनता नेताहरुको केन्द्रमा परेनन् । यसअघि दरवारले केहि गर्न दिएन भन्दै विकास निर्माणको प्रमुख वाधकको रुपमा चित्रन गरिएको थियो । जनता राजसंस्थाको विरुद्धमा उत्रनुको प्रमुख कारण यहि र यस्तै थिए । तर आज राजसंस्था नरहेको परिस्थितिमा पनि दलहरुले सोचेअनुरुप काम गर्न सकेनन् । यथार्थमा लोकतन्त्रप्रति वितृष्णा होईन यो त राजनीतिका पात्र र प्रवृति देखेर निराश जनता यो अन्यौलता भन्दा वरु पुरानै ठिक भन्ने अवस्थामा पुगेका हुन । पूर्वराजा प्रति मोहभंग हुंदै जानुपर्ने समयमा झनै उनलाई घेर्ने र हेर्नेहरु वढ्नु उनको जयजयकार हुनुको पछाडि दलहरु नै जिम्मेवार छन् ।

यो तथ्य वुझेर मात्रै पूर्वराजा राजनीतिक शब्दमा उत्तेजक वोलि वोल्न हौसियका हुन । १९गते भैरहवामा उनले नयां शक्तिको खांचो औंल्याउनु र त्यो परम्परागत राजतन्त्र पनि हुनसक्छ भन्ने तर्क गर्नु दलहरुको नाडिछाम्नकै लागि हो । पूर्वराजाले जनताले चाहेमा राजसंस्था पुन:स्थापना हुनसक्ने संभावना मात्रै व्यक्त गरेनन् प्रेमिले प्रेमिकालाई भनेझै वस पर्खेर आउंछु फर्केर भन्ने आस्वासन पनि वांडेका छन् । २०६४ चैत २८ को संविधानसभा निर्वाचन पछि २०६५ जेठ १५ गते वसेको संविधानसभाको पूर्ण र पहिलो वैठकले २ सय ४० वर्ष पुरानो परम्परागत राजतन्त्र विधिवत रुपमा अन्त्य भएको घोषणा गरेदेखि नै राजसंस्था अव इतिहास वनिसकेको छ । त्यसैको वलमा नै उनी जेठ २९ गते अपेक्षित शान्तिपूर्ण रुपमा नारायणहिटि छोडेर नागार्जुन दरवारतर्फ लागेका थिए । जसलाई उनले आजपनि जनताको चाहाना भनिरहेका छन् । जनताले छोड भनेको हुंदा हिजो छोडेको हुं र फेरी आईज भन्छन भने नारायणहिटि जान तयार छु । जेठ २७ मा खुल्लामच्चमा   राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि छिट्टै राजालाई नागार्जुनवाट नारायणहिटि फर्काउने उदघोष गरेका थिए । तर असार १को एकीकृत नेकपा माओवादीको कार्यक्रममा जनजाति माहासंघका महासचिव आङकाजी शेर्पाले भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनको वनपालेमा खटाएको अभिव्यक्ति दिंदै राजतन्त्रको वकालत गर्ने कमलथापालाई तामसालिङराज्यले पहिलो वन्दि वनाउने वताएका थिए । यावत कुराहरुलाई मध्यनजरगर्दै पूर्वराजाले नेताहरु स्वचालित नभै विदेशको इशारामा परिचालित भएको हुंदा मुलुक भयावहपूर्ण अवस्थामा फसेको भनेको हुनुपर्छ । आङकाजीहरु तीनै जातिय राज्यका पक्षपाति हुन जसले माओवादी अध्यक्ष प्रचण्डको इशारामा जेठको पहिलो साता तीनदिन नेपाल वन्द गरे र पत्रकारसमेतलाई वांकि छाडेनन् । नेपाली नेपालीका बीचमा विद्धेष फैलाउने किसिमवाट संघियताका नाममा देश टुक्राटुक्रा पार्ने कुरा स्वीकार्य हुनै नसक्ने भन्दै देशलाई एकताको एउटै कडिमा उन्न सक्ने नयां शक्ति पराम्परागत राजतन्त्र देशलाई आवश्येक रहेको तर्क गर्दै पूर्वराजाले जातिएता र संघियताको विवादमा मज्जाले खेल्न प्रयत्न गरेको देखियो । २०६२/०६३ को जनआन्दोलनपछि वेवि किङ अर्थात आलंकारिक राजतन्त्रको वकालत तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रशाद कोईराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल समेतले पटक पटक उल्लेख गरेको शब्दावलि हो । तर पछि जनमत त्यो नदेखिएपछि सेरोमोनियलको कुरा पनि त्यसै सेलाएको थियो । त्यतिवेला देखिनै पूर्वराजासंग दलहरुले गोप्य सम्झौता गरेको भ्रम यथावत छ र सायद अन्तकालसम्म रहिरहने छ । तर भैरहवामा पूर्वराजाले नारायणहिटि छाड्नु भन्दा पहिले राजनीतिक दलहरुसंग लिखित रुपमै सम्झौता भएको जिकिर गरेर एक किसिमको तरंग पैदा गरिदिएका छन् । आफूमाथि धोका भएको भन्दै उनले उपयुक्त समयमा त्यो सम्झौता वाहिर निस्कने समेत वताएपछि सनसनि पूर्ण वहस सुरु भएको राजावादीहरु भनिरहेका छन् । नारायणहिटि छाडेपछि अर्थात राजाको हैसियतवाट आम नागरिकको हैसियतमा झरेपछि उनले अहिले सम्म खोलेको र वोलेको अतिनै दमदार वोलि यसैलाई मान्नुपर्छ । उनले आंफु नेताहुनै नसक्ने कुनै पार्टी वा दलपनि नखोल्ने र आंफु राजा नै हुने चाहाना पनि व्यक्त गरेका छन् । २०६९ वैशाख १ गते देखि  प्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले नै पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिदै आएका नेपाली सेनाहरुलाई झिकाएका थिए र अव सशस्त्र प्रहरीले उनको सुरक्षा गरिरहेको छ । वावुरामले अव नागार्जुनवाट पनि निकाल्ने वताएका पनि थिए । तर ज्ञानेन्द्रले स्पष्ट शब्दमा चुनौति दिएका छन् कि नागार्जुनमा त्यतिधेरै मानिस अटाउन संभवपनि छैन र त्यहांजान सजिलो पनि छैन उकालो छ विचार गर्नुपर्छ । अव आंफु यो स्थानवाट तलझर्न पद र स्थानसमेत नरहेको भन्दै अब यो भन्दा वढ्ता कुरा सैह्य हुन नसक्ने चेतावनी घुमाउरो भाषामा दिएका छन् । शाहिकालमा तपांई त राजाभन्दा तल झरेर मन्त्रिमण्डलको अध्यक्षता पनि गर्नुभएको थियो नि ? भन्ने पत्रकारहरुको जिज्ञासामा उनको जवाफ आंफु अध्यक्ष नभएको वरु उपाध्यक्ष मात्रै निर्माणगरि राजाकै हैसियतमा कायम रहेको दावी समेत गरेका थिए । दरवार हत्याकाण्डको सम्वन्धमा तपांईमाथि नै आरोप लाग्दै आएको छ नि ? भन्ने जिज्ञासामा उनले भने जसलाई घाउ हुन्छ पिडा उसैलाई मात्रै थांहा हुन्छ । त्यो आंफुमाथि लगाईएको कपोकल्पित र झुट्टा आरोप मात्रै हो भन्ने जवाफ फर्काएका थिए । जेठ २६ मा कांग्रेस एमाले सहितका दलहरुको कार्यक्रम भन्दा राजतन्त्रका पक्षपाति राप्रपा नेपालको कार्यक्रममा मानिसहरुको उपस्थिति राम्रो थियो । त्यहिवाट हौसियका उनका पक्षपातिहरु झनै पूर्वराजा शाहको अभिव्यक्तिपछि दंग छन् । तर दलका शिर्षनेताहरु भने सपना देख्ने छुट सबैमा भएपनि राजतन्त्र फर्किन्छ भन्नु उल्टोखोला वग्नु सरह हुने दावी गर्छन । जेहोस पूर्वराजाले भैरहवामा वोलेको वोलि पछि  राजनीतिमा नयाँ तरंग भने अवस्य उत्पन्न भएको छ ।