Monday, April 15, 2013

यसरी फसाइए म (खुमबहादुर खडका )एमाओवादीको माखेसाङ्लोमा कांग्रेस ।




नारायण खड्का


एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ २५ गते हेटौंडामा पार्टीको महाधिवेशन कै क्रममा प्रस्ताब गरेका ब्यक्ति नै अन्तरिम मन्त्री परिषदको अध्यक्ष बन्न पुगे । कुनै एक दल विषेशले आफ्नो महाधिवेशन मार्फत प्रस्ताब गरिएका ती ब्यक्तिका बारेमा २०६९ फागुन ३० गते प्रमुख चारदलका बीचमा सहमति भयो र बाहालवाला प्रद्यानन्यायाधिस खिलराज रेग्मी चैत १ गते अन्तरिम मन्त्री परिषदको अध्यक्ष बने । ‘तालुमा आलु फलेको भनेको सायद यहि होला । न्याय पालीका र कार्य पालीका दुबैको प्रमुख । दुबै हातमा लड्डु ।”

 नेपाली कांग्रेसका सभापती सुशील कोईरालालाई कांग्रेस, नेकपा एमाले लगाएतका केहि दलले महिनौ पहिले भाबि प्रधानमन्त्रीको रुपमा प्रस्ताब नगरेका होईनन् । तर पनि एकीकृत नेकपा माओवादीको चलाबाजी र धोकादायि प्रबृति समयमै बुझन नसक्दा अर्थात  कांग्रेस एमाओवादीको माखेसाङलोमा फसकैले सुशीलको प्रधानमन्त्री हुने सपना तुहियो । पार्टी र स्वएं सभापती कोईरालाले ठूलो लज्जा बोध सहन गर्नुपर्‍यो । कोईला अभागि नेताको रुपमा दर्ज भए । २०६४ चैत २८को संबिधानसभाको पहिलो निर्वाचनमा माओवादीको रणनिति बुझन नसक्दा कांग्रेसका कार्यबाहक सभापति कोईराला आफ्नै गृह जिल्ला बांकेमा नराम्रो संग पराजित हुनु परेको थियो । 

बास्तबमा  कांग्रेसको अक्षमता कै कारण गैरराजनितिक ब्यक्तिलाइ प्रधानमन्त्री बनाउनुपर्ने बाध्यतात्मक परिस्थितिको सृजना भएको कांग्रेस भित्र कै कतिपय नेताहरु सहर्ष  स्वीकार गरिरहेका छन् । दशकौं लामो इतिहास बोकेका दलको नेतृत्वको अक्षमताकै कारण प्रधानन्यायाधिस अन्तरीम मन्त्री परिषदको अध्यक्ष बन्न भ्याएका हुन । जसका लागि  धेरै बिधि र बिधान तथा प्रचलित मुल्य र मान्यताहरु कुल्चनु परेको थियो । ‘निरन्तरतामा क्रमभंग” चाहाने एमाओवादीको नेतृत्व खिलराजको सवालमा पनि प्रचलित विधि, विधान भत्काएरै अगाडि बढ्न सफल भयो । जसैगरी ‘संघियता र राज्यपुर्नंसरचनाको” बाहानाबाजीमा एमाओवादी नेतृत्वले कथित जातजातिको नाटकमंचन गरि जनअपेक्षा विपरीत संविधानसभा नै भंग गराएको थियो ।
निरही कांग्रेस र एमाले जस्ता दलहरु एमाओावदीले  भत्काउंदै गरेका नियमहरुलाई सहमतिको नाममा लालमोहर लगाउन र बैधानिकता दिन हस्ताक्षर बाहेक अरु कुनै भूमिकाकालागि हिक्मत गर्न सकेनन् । शान्ति प्रकृयाको नाममा माओबादीले जे–जे भन्यो त्यो उनीहरु मान्दै गए । आंफुलाई ऐतिहासिकताको पगडि गुथाउने कांग्रेस र एमाले जस्ता दलहरुले उल्लेख गर्न लाएक बिकल्प दिन सकेनन् ।

उता अनेक विकल्प दिन र खेल्न खप्पिस ‘छट्टु स्याल”जस्तो माओवादी नेतृत्वले प्रतिपक्षीहरुलाई चील आयो भनेर आकांसमा हेर्न लगाई सजिलै कुखुरा चोरेर लान सफल भयो । आफ्नो कानै नछामी कागको पछि दौडिने मानिस समान बन्यो कांग्रेस र एमालेको नेतृत्व ।  उनीहरुको अक्षमता कै कारण कांग्रेस र एमाले जस्ता प्रतिपक्षी दलका शिर्ष नेताहरु एमाओवादीको प्रतिकृया मात्रै जनाउने दलका रुपमा दर्ज हुन पुगेको देखियो । यो क्रम नेकपा माओवादी शान्ति प्रकृयामा आएसंगै सुरु भएको थियो भन्दा फरक नपर्ला । कांग्रेसमा गिरिजा बाबु हुादा बीसको उन्नाईस मात्रै हुादो हो । तत्कालिन समयमा गिरिजाबाबु राष्ट्रध्यक्षको हैसियतमा प्रधानमन्त्री हुादा समेत माओवादीले अनेक नाटकहरु मञ्चन गर्न सफल भएको थियो । संविधानसभाको पहिलो निर्वाचन मार्फत नै माओवादी सबैभन्दा ठूलो दलको रुपमा उदाउन सफल भयो । बरु कांग्रेस र एमालेका शिर्ष नेताहरु लज्जाष्पद किसिमले पराजित भए । गृहमन्त्री हुंदा सिटौला पनि पराजित भए । एमालेका बरिष्ठ नेता माधब नेपाल जस्ता नेता पनि पराजित भए । माओवादीले निर्वाचनमा अरु दलहरुलाई छक्काउन अनेक टिकडम गरेको तथ्य कतै छिपेको छैन । मृत्यू भैसकेका लडाकु , बिदेश गएकाहरु र अरु कतिलाइ धम्काएरै भएपनि फर्जी मत हाले । संविधानसभाको निर्वाचनको उघिल्लो रात दाङको उरहरी गाविसमा रातभर फायरिङ भएका थिए । उसको ज्याजतिकै कारण कपिपय ठाउंमा त कांग्रेसका ब्यक्तिहरु चुनाबमा एजेण्ट बस्न समेत सकेनन् । दाङ क्षेत्र नम्बर १ को मतगणनाका क्रममा एकै पटक पुरै मत ठेलीमा एकछापे मतहालेर मत पेटिकामा खसालेका प्रमाणहरु पनि मत गणनाका क्रममा फेला परेका थिए । र त्यो रणनीति आज आएर मात्रै अरु दलहरुले बुझन्न प्रयन्त गर्देछन वा बुझन सके । संविधानसभाको दोश्रो निर्वाचन कस्तो हुन्छ त्यो भने हेर्न बांकि नै छ ।‘ढाडमा टेकेर टाउकोमा प्रहार’ उसले युद्धकालिन निति अझै त्यागेको छैन । प्रचण्डको ‘युद्ध सकिएको छैन, झनै घनिभूत रुपमा हामी युद्ध लडिरहेका छौं तर रणनिति मात्रै फरक छ ’। यो भनाईबाट समेत प्रष्ट हुन्छ–सकेसम्म माओवादी सर्बसत्ताबादको भर्‍याङ्ग हुादै साम्यबाद तर्फको यात्रा चाहान्थ्यो र चाहान्छ । तर यो कुरा कांग्रेस र एमाले भित्रका दाह्री र कपाल फुलेका नेताहरुले किन बुझन सकिरहेका छैनन् ? वा बुझेर पनि बुझ पचाइ रहेका छन । कि आफनो अक्षमता ढाकछोप गर्नका लागि मात्रै उनीहरु यस्ता गरिरहेका हुन ? गंभिर सवाल उब्जेको छ ।

त्यसैले  त कतिपय नेपाली कांग्रेस भित्रकै नेताहरु खुमबहादुर खड्का (भ्रष्टचारको झुट्टा अभियोगमा)लंग जेल जर्नीमा लाग्दै गर्दा खस्सि काटेर भोजखाादै खुसियाली मनाएको भन्ने कुराहरु पनि सुन्नमा आए । यस्तो चरित्र बोकेका अर्थात सिंहको खोल ओढेका गधाहरुले बुझे हुन्छ –एक खड्का निकटका नेताले राजधानिमा खड्का जेल परेपछि भनेका थिए –‘कांग्रेस हुा भनेर नाटक मञ्चनगर्दैमा, स्वार्थका लागि क्षनिक रुपमा पर्जातन्त्रको ढोङ फुक्दैमा कोहि गधा सिंहमा परिनत हुन सक्दैन । गधा आखिर गधा नै रहन्छ ।”



विपीले भरोसा गरेका, कांग्रेसको इतिहासमै सबैभन्दा कम उमेरमा केन्द्रिय सदस्य बनेका, कांग्रेसको लागि जिवन नै सर्मपन गरेका, पार्टी कै लागि लामो जेल जिवन बेथित गरिसकेका,निरुङकुस पञ्चायत कालमा  निशानाको तारो बनाइएका अर्थात टाउकोको मुल्य तोकि मागेका, पटक पटक मन्त्री बनेका र विकास प्रेमी नेता हुन खुमबहादुर खड्का ।




दाङ जिल्लाको सवालमा २०४६ सालको प्रजातन्त्र पुन:स्थापनापछि २०६९ साल सम्म भए गरेका विकास निर्माणका ठूला संरचना उनकै पहलमा भएका हुन । बाटो घाटोको विस्तार र मर्मत संभार राप्ती र बबई नदिमा पूल उनकै पालामा भए । त्यसयता जिल्लामा ग्रामिण बाटो झनै विग्रदो अवस्थामा पुगेको तथ्य कतै छिपेको छैन । अरु दलहरुका शिर्ष नेताहरुलाई पनि दाङबासीले जिताए र सत्तामा पुगाएकै हुन । तर खै त,उनीहरुले गरेको ? अपेक्षा अनुरुप देखिएका छन् ।माओवादी र प्रचण्डले रोल्पालाई विर्सिए सरी कतिपय  नेताहरु निर्वाचित भइ केन्द्र पुगेपछि, सिंहदरबार छिरेपछि जिल्ला भूलेको पाइयो । २०३३ सालमा  निर्वासबाट स्वदेश फर्कदै गर्दा निर्भक र निडर युवाको रुपमा परिचित खड्कालाई साथमा लगाएर विपी स्वदेश फर्केका थिए ।
सतिले सरापेको देशमा जे पनि हुंन्छ भनेझै भयो । ‘प्रजातन्त्रको लडाईमा जिबन नै सर्मपन गरेका त्यस्ता ब्यक्ति आज गैर प्रजातन्त्रबादीहरुको ईशारामा र प्रजातन्त्रबादी भनाउंदाहरुकै मौन समर्थनमा काराबासमा छन् । बिधिको बिडम्बना भनौं कि समयमो खेल बिपरीत हुदो रहेछ । जुन डुब्छ अंधेरीमा तारा चम्कन्छ जुनेलीमा भनेझै भयो ।” उनका समर्थकहरु उनी जेलमा छंदा आज यहि भनिरहेका छन् । पर्दा पछाडिको खेल हो या आरोप त्यो त कि सजाए भुक्तान गरिरहेका ब्यक्तिलाई थांहाहोला कि भने उप्पर वालेलाई । तर जेहोस पार्टीमा प्रभाससाली नेताको उपमा पाएका खुमबहादुर जस्ता खम्बाहरुको संरक्षण भैदिएको भए कांग्रेसले अहिलेको जस्तो नियति भोग्नु पर्दैन थियो होला । –(हुनत फुत्केको माछो ठूलो हुन्छ भन्छन्) । जेहोस सारा कार्यकर्ता उर्लंदा समेत नेतृत्व मौनधारण गरे सरह रमिते मात्रै बन्नु सुहाउने विषय थिएन । ‘सौतको रिस फेर्न विस्तारामा सूगर्नु’ काठमाडौं, जिल्ला अदालत परिषरमा २०६९ भदौ १०मा खुमबहादुर जेल जाादै गर्दा उनका एक समर्थक आाखाभरी आंसुपार्दै यहि भनिरहेका थिए ‘अब दाङ कांग्रेसले मात्रै हैन, सिंगो कांग्रेस भित्रको विश्वास र आत्मबल खस्किदै जानेछ ।’आज हुन पनि त्यस्तै नियति कांग्रेसले भोगिरहनुपरेको छ ।

‘खुमबहादुर खड्का जस्ता हस्तिहरुलाई पाखा लगाउन माओवादीले कांग्रेस भित्रकै केहि सार्थी र बुर्झुक नेताहरुको मात्रै उपयोग गरेको थिएन,आफ्नै केहि निष्ठावान तर आलाकांचा ठेट्ना कार्यकर्ताहरुलाई समेत दुरुपयोग गरेको थियो ।’ ‘निर्वाचनको तिथि नजिकिदै गर्दा दाङको क्षेत्र नम्बर १ मा जाऊ उस्लाई डिस्टर्ब गर अर्थात गोलि ठोकेर हत्यागर भन्नेखालको सर्कुलर माओवादी भित्रैबाटो आएको थियो ।’ यो घटनाको केहि दिन पहिले मात्रै रोल्पा क्षेत्र नम्बर २को चुनाबी भाषण पछि सोझै दाङ घोराही स्थित खुल्ला मंचमा भाषण गर्दा स्वएं प्रचण्डले त्यस्तो निर्देशन खुल्ला रुपमा दिएका थिए । झन्डै ४५ मिनेट भाषणमा प्रचण्डले ३० मिनेट बढि खुमबहादुरका बिरुद्ध अतेन्तै तल्लो स्तरका गालिगौलज गर्नमै खर्चिएका थिए । अतेन्तै भड्किलो भाषणमा प्रचण्डले ‘खुमबहादुर जस्तालाई कत्लेयाम पार्नुपर्छ, यस्ता शोषक र सामन्तीलाई जिल्लाबाटै लखेट्नु पर्छ”भन्ने सम्मका भाषणबाजी गरेका थिए । उनका एक विश्वास पात्रले आफनो नाम उल्लेख नगर्ने सर्तमा यो पंक्तिकार संगभनेका शब्दाबली हुन यि । तर नेपाली कांग्रेसकै गृहमन्त्री कृष्णप्रशाद सिटौलाला जस्ताले त्यो कुरा बुझेनन् वा बुझ्नै चाहेनन् । तैपनि खुमबहादुरको उच्च मनोबल भनौं या आंट र भरोसा अर्थात बलियो भाग्य  । उनीहरुले चिताएको पुरा भएन ।‘खड्का सवार गाडिमा लडाकुहरुले लुकेर अन्धाधुन्द गोलि बर्साउंदा पनि उनी सकुशल उम्कन सके । बााच्न सफल भए । सुरक्षा फौजको भूमिका राम्रो रह्यो र उनको हत्याको योजना बिफल भयो । जुन प्रयोजनका लागि माओवादीले व्यारेकबाट समेत आफना लडाकुहरु झिकाएको थियो । जुन तथ्य खुलिसकेको छ ।”यो पंक्तिकार संग खड्काले भनेको कुराको आसय यहि थियो ।उनले दाबि गर्दै भनेका थिए  – एउटै कारण थियो कि नेपाली कांग्रेस भित्र खुमबहादुर जस्ता राजनेतालाई निर्वाचनमा भोटले पराजित गर्न असंभव थियो, यो कुरा माओवादीलाई राम्रो थांहा थियो । मलाई चुनाब हराउनका लागि केहि डिस्टबेन्स आवश्येक थियो । त्यसैले उनीहरुले त्यो नाटक मञ्चन गरेका थिए ।”आफनो चुनावको प्रचारमा लागेको मलाई चुनावको मुखमै आएर एक्कासी बाटो छेक्ने अर्थात अबरोध सृजना गर्ने मात्रै होईन हत्यागर्ने सम्मको षडेन्त्र बन्यो । दाङको लमही आसपासका जंगलभरी माओवादी लडाकु हतियार सहति तैनाथ पारिएका थिए । देउखुरीको सतबरिया  स्थित मेरो घरमै पुगेर  माओवादी कार्यकर्ताले दाजु र घरपरिवारका अन्य सदस्यहरुलाई अनाहकमा गाली बेइजती र कुटपिट समेत गरे  । सहनुको पनि हद हुन्छ । कति सहने । उनको कथन यहि थियो । ‘जाई नलाग्नु र आई लाग्नेलाई नछाड्नु” पृथ्बी नारायण शाहको दिव्य उपदेशलाई आत्मसाथ गरे । मेरा सुरक्षाकर्मीले त्यो दिन । धर्म र कर्म हारेनन् र म बच्न सफल भए ।

खुमबहादुर र उनका समर्थकहरु आज प्रयन्त यहि तर्क गरिहेका छन ‘की माओवादीले अनेक षडेन्त्र गरेर पर्जातन्त्र मास्न र सर्वसर्बाबाद लाद्न तथा सत्ता कब्जा गर्न खोजिरहेको छ ।’ पछिल्लो समय भ्रष्टचारको अभियोगमा कारावास सजाए भोगिरहेका खड्का र उनका समर्थकहरु कााग्ेरसलाइ कमजोर पार्न अर्थात उनको स्वर्निम इतिहास ध्वस्त पार्न र अगाडिको बाटो भत्काउन ‘बाबुराम र प्रचण्ड अनि कांग्रेस भित्रकै केहि शिर्ष कहलाउदा नेताहरुको षडेन्त्रबाट’ फसाइएको दोषारोपन गरिरहेका छन् । निर्वाचनका समयमा दाङमा खुमबहादुरलाई कमजोर पार्न सके पुरै मध्यपश्चिम क्लिनस्विप गर्न सकिन्छ भन्ने सोचका साथ प्रायोजित रुपमै गोलिकाण्ड र चुन्द्रे मुन्द्रेको नाटक मञ्चन गरिएको थियो । ‘खुमबहादुरका लागि अहिले मात्रै हैन जहिलेपनि हजारौ युवा तथा कार्यकर्ताहरु जिल्लामा तैनाथ छन् र रहिरहने छन् । उनलाई काठमाडौंबाट कुनै चुन्द्रे मुन्द्रेहरुको आवश्येकता थिएन । कांग्रेस भित्रैका केहि गद्दार र माओवादीको षडेन्त्रका कारण ती सबै खेलखण्ड भए’खड्का निकटष्ठहरु बताउने गर्छन ।भ्रष्टचारको कुरा गर्ने हो भने अहिले मुलुकमा इतिहासमै सबै भन्दा बढी भ्रष्टचार भैरहेको मानिन्छ । गाविस सचिब देखि त्रिभूवन विमानस्थलका कर्मचारी मात्रै हैन बाबुरामका मन्त्रीहरु र कर्मचारीहरु चुर्लुम्म भ्रष्टचारमा डुबेका थुपै बृतान्तहरु थिए र छन् । कतियय मन्त्री र कर्मचारीहरुका कुरा छरप्रष्ट रुपमा बाहिर आएपछि बाबुरामले कारबाही समेत गर्नुपर्‍यो । तर कतै उजुरीको कुरा उठेन, मुद्दा परेन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै प्रमुख विहिन बनाएर बाबुराम र प्रचण्डले राष्ट्रको धुकुटी रित्याउंदा, ब्रह्मलुट गरिरहादा समेत दुनिया मौन बस्नुले आश्चर्य चकित पार्दछ । उनका एक आफन्त जंगिदै थिए । माओवादी लडाकुको व्यवस्थापन र शिविरका नाममा भएको करोडौंको हिनामिना बारे माओवादी लडाकु र कार्यकर्ताहरुले समेत नेतृत्वको व्यापक आलोचना र विरोध गर्नुबाट त्यसको पुष्टि भैसकेको छ । माओवादी ‘जन युद्ध थिएन धनयुद्ध थियो’ भन्ने आरोप लगाउनेहरु आज उसैका खााटी कार्यकर्ताहरु नै छन् ।
यसरी खुमबहादुर शक्तिमा उदाउने त्रासका साथ उनको बाटो अवरुद्धपार्ने खेल राजाहरुकै पालादेखि सुरु भएको थियो । ‘ खासमा २०५८मा गिरिजाबाबु भारत भ्रमणमा गएको समयमा खुमबहादुर निकै प्रभावसाली गृहमन्त्री थिए । त्यतिबेला उनको प्रभाव पार्टी भित्रै पनि विशिष्ट प्रकारको थियो । तत्कालिन समयमा माओवादी युद्ध समेत चरम उत्कर्षमा थियो । एकै दिनमा सयौं मानिसहरुको हत्याका खबरहरु सुन्नमा आउंथे । त्यो बेला गिराजाबाबुको अनुपस्थितिमा खुमबहादुरले अलगै र आंफु निकटष्ठहरुसंग देशको समसामयिक स्थितिबारे छलफल गरेपछि प्रधानमन्त्री रहेका गिरिजाप्रशाद कोइराला समक्ष अनेक चुकली हालियो खुमबहादुरका विरुद्धमा । गिरिजाबाबु सशंकित भए । त्यहि कारण म जस्ता इमान्दार नेता एवं गृहमन्त्रीको भारतबाटै गिरिजाबाबुले राजिनामा माग गरे । तर म निर्दोष थिए । ”खाएको विष पो लाग्छ नखाएको लाग्दैन भन्ने ठानेर मैले पनि राजिनामा दिइहाले । त्यसपछि झनै गिरिजा र म बीचको न्यानो सम्बन्ध देखेर डाहागर्नेहरु तथा त्यो सम्बन्ध भत्काउन चाहानेहरुको संख्या गुणात्मक रुपमा बृद्धि भएर गयो । ठिक त्यहि बेला  वरिष्ठ नेता शेरबहादुर पनि गिरिजासंग रुष्ट थिए । म पनि अन्याएमा परे भन्ने लाग्यो । देउवालाई देखेर दया पनि लाग्यो र म कन्भिन्स भए ।

हो,यसैगरी अन्याए भएको महसुश गरि म र देउवा पार्टी फुटाउन खेलमा लाग्यौं र पार्टी फुटिसकेपछि झनै सम्बन्ध चिसिदै गयो । ‘भाइभाई फुटे गावार लुटे’ भन्ने उक्ति झै त्यहि समयमा तत्काललिन राजा ज्ञानेन्द्रलाई पनि खुमबहादुर संग पुरानो रिसिबि पोख्नु थियो । तत्कालिन युवराज पारश शाहले हााकेको जिपको ठक्करबाट दरवारमार्गमा गायक प्रविण गूरुङको मृत्यू भएपछि गृहमन्त्रीको हैसियतले उनले दोषी अर्थात पारश उपर कानुनी कारबाहि चलाएपछि पूर्वराजा ज्ञानेन्द्र रुष्ट बनेका थिए र उनको लागि बदला लिने उत्तम अबसर अहिले नै हो भन्ने लाग्यो होला । त्यहि भएर
 दरबारकै निर्देशनमा एकपटक सफाइ पाइसकेको मुद्दा विरुद्ध फेरी अख्तियारमा रिट दायर लगाइयो । गायक गुरुङको मृत्यू पछि काठमाडौंमा दरबार र पारश विरुद्ध चर्का नाराबाजी तथा आन्दोलन चक्र्रन थालेपछि स्वर्गिए राजा विरेन्द्रको निर्देशनमा आंफुले कारबाहि चलाउन आदेश दिएको खड्का बताउने गर्छन । त्यस्तै उनको भनाई मान्ने हो ‘ राजाबाट पटक–पटक भेटघाटका लागि दरबारमा आउन निम्ता आउंदा पनि आंफुले अटेर र व्यवास्ता गरेको हुादा समेत दरबारबाटै फसाउने षडेन्त्र भयो र त्यसमा गिरिजाबाबुले पनि साथ दिनुभयो अर्थात मौन रहनुभयो, किनकी उहाालाई पार्टी फोडेको बदला म संग लिनु थियो’।

यसरी एउटा निष्ठावान र पार्टी भित्र चौडा छाति भएका उदार मनका नेतालाई फसाउने काम भयो । आाटीला र साहासी अर्थात पार्टीमा बाघ समान छबि बनाएका नेतालाई बाख्रो देखाएर खोरमा थुन्ने काम भयो । अब उप्रान्त उनी चुनाबमा सहभागि हुन पाउाछन् की पाउादैनन् उनका लाखौं समर्थकहरुमा आज यहि कुराको चिन्तामा देखिन्छन् । यदि पाए र निर्वाचित भएर सिंहदरबार छिरेभने अवस्य उनले केहि गर्न सक्लान नत्र भने उनका समर्थक र कार्यकर्ता झनै निराश मात्रै हुने छन् । तर एक पटक यो पंक्तिकार संगको भेटमा उनले भनेका थिए ‘उदाउादो सुर्यलाई हत्केलाले छेक्ने दुस्साहास भैरहेको छ, यदि मलाई फेरी पनि फसाउने खेल भयो भने म भन्दा पनि पार्टीलाई नै बढि क्षती हुने छ ।’ विपीबाबु पनि अनेक पटक जेल गएका परेका थिए , उनलाई धेरै पटक फसाउने खेल दरबारले नै गर्‍यो । त्यसैले तपााईहरु संगठन विस्तारमा लाग्नुहोस म अवस्य चुनावमा आउने छु र देखाउने छु । उनले जेल जाानुपूर्व जिल्ला अदालत काठमाडौंमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भनेका शब्दबली यस्तै थिए । २०६९ माघमा दाङ आएका बखत तुलसीपुरको अरनिको मैदानमा सम्बोधन गर्दै बरिष्ठ नेता शेरबहादुर देउवाले भनेका थिए ‘अब छिट्टै हामी खुमबहादुर जीलाई जेलबाट निकाल्छौं फेरी उहां तपााइको माझ आउनुहुने छ ,जनताको सेवामा झनै सक्रियताका साथ लाग्नु हुनेछ’ तपााईहरु ढुक्क भएर बस्नु भएहुन्छ । तर कार्यकर्ताको माझमा सान्तत्वनका लागि देउवाले उल्लेखित शब्दाबलीको प्रयोग गरेको भएपनि उनलाई निकाल्न सकेको भने देखिएनन् । त्यो संभावना पनि देखिदैन । उनी सजाए झक्तानपछि मात्रै रिहा हुनेमा दुईमत छैन । देउवाले भनेको अर्काे महत्वपूर्ण सवाल थियो ‘बाबुराम सरकार अर्थात माओवादी नेतृत्व प्रभूशाह,बालकृष्ण ढुंगेल जस्ता सर्वाैच्च अदालतले सवर्सौ हरण सहित काराबासको सजाय तोकिएकाहरुलाई जोगााउन पद र राज्य शक्तिको दुरुपयोग गरिरहेको छ, तर हाम्रा नेताहरु भने न्यायालयको सम्मान र विधिको शाषणको पालनार्थ आाफै कारागार जान्छन् ,जसको उदाहरण खुमबहादुर जी हुन ।’ हुनपनि नेपाली कांग्रेस भित्रका खुमबहादखुर खड्का, गोबिन्दराज जोसी र चिरिञ्जिबि वाग्ले जस्ता कुनै दिन पार्टीमा राम्रो हैसियत र छबि बनाएकाहरु जेल पर्नु दुभाग्र्य नै थियो । किनकि भ्रष्टचार गर्नेहरु अन्यदलहरुमा पनि छन् । गाबिस सचिबहरुले त कति –कति भ्रष्टचार गरेको अनि राजधानिमा बडेमानका महल ठड्याएका छन् भने अरुका त झन के कुरा । यहां भ्रष्टचारलाई समर्थन गर्न खोजेको होईन बरु प्रबृतिको बिरोध गर्न मात्रै खोजिएको हो । कानुनको नजरमा सबै समान हुनुपर्छ । कानुन सबैलाई समान रुपमा लागु हुनुपर्छ । आग्रह , पूर्वाग्रह तथा तेरो र मेरो भन्ने कानुन राज्यलाई सुहाउंदैन ।
अन्यथा खुमबहादुर जस्तालाई जेल कोचेकै कारण
इतिहासको यो कुनै कालखण्डमा खिलराज रेग्मीहरु  देशको कार्यपालीका र न्यायपालीको ठेकेदार बन्न पाएका थिए भन्ने गलत नजिर बन्न सक्छ ।
(खुमबहाुर खड्का, उनका आफन्त तथा उनका शुभचिन्तकहरु संग गरिएको कुराकानीमा आधारित लेख।)
२०६९ चैत ३

No comments:

Post a Comment