नारायण खड्का । २०७० भदौ २ गते
बाहिर कठ्याङग्निे जाडो तर मन भित्र भने उकुसमुकुस र गर्मी । बाइक मार्फत उसलाई भेट्न पुगेको त्यो शनिबारको सांझ । चिसोले मेरो मुटु छेदन गरिसकेको थियो । एक सरो ज्याकेट त लगाएकै थिएं,तर पुसको महिना अझ त्यो पनि काठमाडौंको जाडो । के भ्याउँथ्यो ? त्यसैले कतिबेला उ संग भेट होला र चिसोमा तातो मिल्ला भन्ने सोचले म ग्रसित बनेर बसेको थिए । सायद अन्त्तर मनको एउटा सजिब चाहाना,उ संगै बसेर चिया गफ दिएर प्रभाबित पार्न र आंफुलाई सो गर्न म लालायित थिए होला । संङ्क्रमन बढेर प्रेम फ्यू हुनै खोज्दा समेत मनमा डिस ब्रेक लगाउन सकिन वा पर्यत्न नै गरिन । उ संग भेट गर्न र गफिन मन भित्रका पिस्टन र एक्सलहरु निरन्तर कावाखाइरह्ेका थिए । त्यसको पनि एउटै उदेस्य थियो,बर्तमान रेग्मी सरकार चचन गरिए जस्तै । निर्वाचन सम्पन्न गर्नु अर्थात समस्याको निदान ।